चुरेबाट ढुंगा तस्करी बढ्दै, चुरे संरक्षणमा चुनौती


साथसाथै न्युज
१०, साउन २०८०
चुरेबाट ढुंगा तस्करी बढ्दै,  चुरे संरक्षणमा चुनौती

रौतहट- चुरे संरक्षित क्षेत्रबाट ढुंगा, गिटी, बालुवालगायत पदार्थ उत्खनन‚ संकलन र निकासी गर्न पाइँदैन। 

सरकारले चुरे संरक्षण क्षेत्र कायम गरेर सो क्षेत्रबाट ढुंगा, बालुवा, गिटी निकाल्न कानुनी रुपमा रोक लगाएको छ तर रौतहटको चन्द्रपुर नगरपालिका वडा नं-३ स्थित गैँडाटारको चाँदी नदी किनारमा ढुंगा संकलन गरेर राखिएको छ। 

संरक्षित चुरे क्षेत्रबाट अवैध रुपमा निकासी गरेर ल्याईएको ढुंगा त्यहाँ राखिएको स्थानीयले बताएका छन्। अनधिकृत रुपमा निषेधित क्षेत्रबाट नदीजन्य सामाग्री निकासी गरेर केही ट्याक्टर व्यवसायीले आर्थिक लाभ लिने गरेका छन्। 

चुरे क्षेत्रबाट दैनिक दर्जन ट्याक्टरमा ढुंगा चोरी निकासी हुँदा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई चुनौती थपिएको छ। राष्ट्रपति चुरे सरक्षण कार्यक्रम सञ्चालन रहेको क्षेत्रमा ढुंगा तस्करी रोकिएको छैन।

ढुंगा तस्करहरुले चुरे क्षेत्रबाट अवैध रुपमा ढुंगा निकासी गर्न नछाडेको स्थानीयको भनाई छ। स्थानीयका अनुसार नदी आसपासमा क्षेत्रमा केही ट्याक्टर व्यवसायीहरुले ढुंगा संकलन गरेर राख्ने र महँगो मूल्यमा बिक्री गर्ने गर्छन्। 

अवैध रुपमा हुने ढुंगा निकासीको विरोध गर्दा ज्यान नै जोखिममा पर्ने गरेको गैँडाटारका स्थानीयहरु बताउँछन्। ट्याक्टर व्यवसायीहरुले राजमार्गका दक्षिणतर्फ नदीमा ढुंगा नभएको भन्दै चुरेको फेदीमै पुग्ने गरेको उनीहरु बताउँछन्। 

यसमा संलग्न व्यापारीहरुको धम्कीका कारण ढुंगा तस्करीको विरोध गर्ने व्यक्तिहरु खुलेर बोल्न चाहँदैनन्। उनीहरुले अवैध रुपले संकलन गरेर राखेको ढुंगा डिभिजन वन कार्यालयले जफत गर्नुपर्ने माग गरेका छन्। 

चुरे क्षेत्रमा रहेका केही सामुदायिक वन समितिले समेत ढुंगा निकासी रोक्न सकेका छैनन्। रौतहटको चुरे क्षेत्रमा १५ भन्दा बढी सामुदायिक वन उपभोक्ता समिति छन्।

तर वन उपभोक्ता समिति, डिभिजन वन, स्थानीय तह लगायतका सरोकारवाला निकायले चासो नदिँदा ढुंगा तस्करी बढेको स्थानीयको आरोप छ। जिल्लाको धन्सर खोलादेखि बागमतीसम्म करिब ३० किलोमिटर चुरे क्षेत्रमा २०६७ सालदेखि चुरे संरक्षण कार्यक्रम संचालनमा छ।

यसरी ढुंगा तस्करी गर्ने ट्याक्टर मकवानपुर र रौतहटका रहेको स्थानीय बताउँछन्।

सम्बन्धित समाचार

  • बाढीपहिरोले रोकेन अन्नपूर्णको पर्यटकीय आकर्षण

    पोखरा , बाढीपहिरोले पदमार्ग र यातायात प्रभावित बनाए पनि पोखरा र अन्नपूर्ण क्षेत्रको पर्यटनमा सकारात्मक

  • बाढीले बाटो मात्रै बगाएन, नेपालको पर्यटनको भरोसा पनि हल्लाइदियो

    भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नेपालको पर्यटन क्षेत्रमा ठूलो धक्का पुर्याएको छ। बाढीले

  • अमेरिकी कूटनीतिज्ञ हार्करले गरे सगरमाथा आरोहण

    नेपालस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख (पब्लिक अफेयर्स चीफ) माइक हार्करले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend