अमेरिकी कूटनीतिज्ञ हार्करले गरे सगरमाथा आरोहण


८, जेठ २०८३
अमेरिकी कूटनीतिज्ञ हार्करले गरे सगरमाथा आरोहण

यो आरोहणले विगत ८ दशकदेखि कायम रहेको नेपाल र संयुक्त राज्य अमेरिका बीचको द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाएको छ। 'साहसिक र दिगो पर्यटनले कसरी विश्वव्यापी सम्बन्धहरू निर्माण गर्छ र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन प्रत्यक्ष योगदान पुर्‍याउँछ भन्ने कुरालाई यसले स्थापित गरेको छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Done.png

नेपालस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख (पब्लिक अफेयर्स चीफ) माइक हार्करले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। 

जेठ ७ गते बिहान ९:१० बजे उनले सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् । यससँगै हार्कर सर्वोच्च शिखरको सफल आरोहण गर्ने पहिलो बहालवाला अमेरिकी परराष्ट्र सेवाका अधिकारी बनेका छन् ।

अमेरिकाको आगामी २५०औँ स्वतन्त्रता दिवस (फ्रीडम २५०) को पूर्वसन्ध्यामा भएको यो ऐतिहासिक उपलब्धिलाई अमेरिकी कूटनीतिक वृत्त र पर्वतारोहण क्षेत्रमा निकै महत्त्वका साथ हेरिएको छ। हार्करको यो साहसिक कदमले अमेरिकी नागरिकको दृढ संकल्प, साहस र अन्वेषणको भावनालाई उजागर गरेको अमेरिकी दूतावासले जनाएको छ। उनले यो आरोहण पूर्ण रूपमा आफ्नो व्यक्तिगत क्षमता र कार्यक्षेत्र बाहिरको निजी प्रयासमा गरेको जनाइएको छ ।

कूटनीतिज्ञ हार्करको यो सफलता दुई दशक लामो साधनाको प्रतिफल हो। सन् २००६ मा नेपाल भ्रमणका क्रममा अन्नपूर्ण आधार शिविर (एबीसी) को ट्रेकिङ गर्दा उनको मनमा नेपाल र नेपाली हिमालप्रति विशेष सामीप्य र लगाव बढेको थियो। सोही समयदेखि सुरु भएको उनको पर्वतारोहणको सपना २० वर्षपछि सगरमाथाको सफल आरोहणसँगै साकार भएको दूतावासको भनाइ छ। 

यो आरोहणले विगत ८ दशकदेखि कायम रहेको नेपाल र संयुक्त राज्य अमेरिका बीचको द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाएको छ। 'साहसिक र दिगो पर्यटनले कसरी विश्वव्यापी सम्बन्धहरू निर्माण गर्छ र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन प्रत्यक्ष योगदान पुर्‍याउँछ भन्ने कुरालाई यसले स्थापित गरेको छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सगरमाथा आरोहणको यस ऐतिहासिक घडीमा अमेरिकी दूतावासले नेपालको शेर्पा समुदायको अद्भूत वीरता, विश्वस्तरीय विशेषज्ञता र समर्पणलाई विशेष रूपमा सम्मान गर्दै उच्च प्रशंसा गरेको छ। शेर्पा सहयोगी र गाइडहरूको अद्वितीय साहस विना हिमालय क्षेत्रमा कुनै पनि आरोहण सम्भव नहुने सत्यलाई दूतावासले स्वीकार गरेको छ।

सम्बन्धित समाचार

  • नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे

    काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्ति पर्यटनको विश्व

  • सुरु भयो स्वाँतका भिरमा यसयामको ‘हनिहन्टिङ’

    म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्वाँतमा रहेका भिरहरुमा महशिकार सुरु भएको छ । स्वाँतवासीले

  • हिउँ खेल्न पर्यटक पातिहाल्नेमा

    ढोरपाटन (बागलुङ)- शनिबार बिहानैदेखि पातिहाल्ने क्षेत्रमा चहलपहल बढेको छ । सेताम्य हिउँले ढाकेको जङ्गल, सडक

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend