जलवायु न्यायका लागि एक हौँ


साथसाथै न्युज
१६, भदौ २०८३
जलवायु न्यायका लागि एक हौँ

काठमाडौं, भदौ १३
भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक प्रकोपमा ज्यान गुमाउनेहरूप्रति साथसाथै फाउन्डेसनले गहिरो दुःख व्यक्त गरेको छ।
फाउन्डेसनले एक विज्ञप्ति जारी गर्दै विपत्तिमा परी ज्यान गुमाउने नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। बेपत्ता तथा प्रभावित नागरिकहरूको खोजी, उद्धार र पुनर्स्थापनाका लागि सम्बन्धित निकायहरूसँग समन्वय गर्ने प्रतिबद्धता संस्थाले जनाएको छ।

विज्ञप्तिमा फाउन्डेसनका अध्यक्ष प्रजीता कार्कीले  विपत्तिको समयलाई राजनीतिक प्रतिस्पर्धा वा आरोप-प्रत्यारोपको समय नभई मानव जीवन जोगाउने र समाजलाई एकताबद्ध बनाउने समयको रूपमा उल्लेख गर्नुभएको छ। साथै, विपद् व्यवस्थापन सरकारको मात्र दायित्व नभई राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूको सहकार्यमा हुनुपर्ने धारणा राख्नुभएको छ।

फाउन्डेसनले प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउने, बेपत्ता नागरिकको खोजीमा सहजीकरण गर्ने, स्वास्थ्य, खाद्यान्न र अस्थायी आवासमा समन्वय गर्ने र स्वयंसेवक परिचालनमा सघाउने प्रतिबद्धता जनाएको छ। पुनर्निर्माणमा समेत आफ्नो क्षमताअनुसार योगदान गर्ने बताएको छ।
अन्त्यमा, राहत तथा उद्धारका नाममा हुने अव्यवस्थित परिचालन र स्रोतको दुरुपयोग नगर्न सबै सम्बन्धित पक्षलाई आग्रह गर्दै सहयोग पारदर्शी र वास्तविक आवश्यकताका आधारमा पुर्‍याउनुपर्ने संस्थाको भनाइ छ।

सम्बन्धित समाचार

  • बूढीगण्डकी बाढी : चार दिनमा एक हजारभन्दा बढीको उद्धार

    गोरखा, बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित उत्तरी गोरखाका एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको

  • बूढीगण्डकी बाढीबाट ४५ घर पूर्ण क्षति, २७ मा आंशिक क्षति; पाँच जना बेपत्ता

    काठमाडौं, असोज २६ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट ४५ घर पूर्ण

  • बूढीगण्डकीमा बाढीको वितण्डा, घर र पुल बगायो; तटीय क्षेत्रमा उच्च जोखिम

    गोरखा, असोज २५ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले बस्ती

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend