जाजरकोटमा भूकम्प पीडितको टहरामा पहिरो, ३ जना गम्भीर घाइते


२, साउन २०८१
जाजरकोटमा भूकम्प पीडितको टहरामा पहिरो, ३ जना गम्भीर घाइते

काठमाडौं - जाजरकोटको कुशे गाउँपालिकामा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो जाँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा कुशे गाउँपालिका–८ की ३४ वर्षीया कमला थापा, १६ वर्षीया निरमाया थापा र ४ वर्षीया हस्तिका थापा छिन् ।

घाइते भएकाहरुलाई हेलिकप्टरबाट उद्धार नेपालगञ्ज लैजाने तयारी भइरहेको कुशे गाउँपालिका–८, वडाध्यक्ष डिल्लीबहादर सिंहले जानकारी दिए । ‘सीडीओ साबसँग कराकानी भइरहेको छ। केही मिलाउँदै हुनुहुन्छ होला !’उनले भने ।
वडाध्यक्ष सिंहका अनुसार घाइतेमध्ये हस्तिकाको अवस्था गम्भीर छ।

उनको होश आउने जाने भइरहेको छ भने निरमाया थापाको दुवै खुट्टामा चोट लागेको छ । ‘निरमायाको पहिले पनि खुट्टा अपरेशन गरेको रैछ । अहिले अर्को खुटमा पनि चोट लागेपछि हिँड्नै नसक्ने भएकी छन्’, उनले भने ।

गएराति करिब १० बजेको समयमा उनीहरु बसिरहेको ठाउँमा पहिरो गएको वडाध्यक्ष सिंहले जानकारी दिए । पहिरो जाँदै गर्दा खुट्टामा चोट लागेकी निरमायालाई टहराबाट निकाल्ने प्रयास गर्दा छिमेकी कल्पना पनि पहिरोको चपेटामा परेको सिंहले बताए । ‘झट्टै निकाल्छु भनेर गएकोबेला विचरा आफू पनि पहिरोमा परिन्’, उनले भने ।

गतवर्ष कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो जनधनको क्षति भएको थियो । उक्त भूकम्पले कुशे गाउँपालिका ७, ८, ९ लगायतका वडामा क्षति पु-याएको थियो । बसेको घर भूकम्पले भत्काएपछि गाउँलेहरु अस्थायी टहरामा बसिरहेका छन् ।

वडाध्यक्ष सिंहले गाउँमा कुनै पनि घर बस्न लायक नरहेको बताए । पुनर्निमार्णका लागि केन्द्रबाटै चासो नहुँदा पीडितलाई आवास निर्माणका लागि दोस्रो किस्ता पनि उपलब्ध गराउन नसकिएको उनको भनाइ छ ।

‘कार्यविधिले गर्दा दोस्रो किस्ता दिनै सकिएको छैन । उहाँहरु अहिले छाप्रो टहरामै बसिराख्नुएको छ । यो ठाउँ भनेको खोला नाला धेरै भएको ठाउँ हो,’ वडाध्यक्ष सिंहले भने, ‘अझै जोखिम छ यो ठाउँमा । अझै धेरै क्षति पुर्‍याउन सक्ने देखिन्छ ।’

राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको  अध्ययनले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १६ जिल्लाका विभिन्न ठाउँलाई मनसुनजन्य विपद्को जोखिम क्षेत्र घोषणा गरेको छ।

सम्बन्धित समाचार

  • पर्वतमा नहर बनाएर बाढी नियन्त्रण

    पर्वत - जिल्लाको जलजला गाउँपालिका७ धाइरिङस्थित गुन्टेखेत र सल्यानको बस्ती संरक्षणका लागि नहर निर्माण गरेर

  • बाढीको जोखिम क्षेत्रमा उपप्रधानमन्त्री सिंहद्वारा निरीक्षण

    काठमाडौँ- उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मनसुन सुरुभएसँगै बागमती नदीमा बाढीबाट सम्भावित जोखिम क्षेत्रको

  • बाढी पहिरोबाट १७ अर्बभन्दा बढीको क्षति

    काठमाडौं - सरकारले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend