जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा २ अर्ब १८ करोडभन्दा बढीको सहयोग


४, जेठ २०८१
जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा २ अर्ब १८ करोडभन्दा बढीको सहयोग

काठमाडौँ -  बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु २ अर्ब १८ करोड ४० प्रदान गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, बेलायतको सहयोग नियोग (युके एड) र नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयले  संयुक्त रूपमा बिहीबार जारी गरेको विज्ञप्तिअनुसार भूकम्प प्रभावित क्षेत्रका ५० हजार मानिसलाई स्वच्छ पेयजल, सरसफाइ, पोषण, खाद्य सुरक्षालगायत आवश्यकता सम्बोधन गर्न उक्त रकम प्रदान गरिएको हो । 

बहुसाझेदार कोषमार्फत प्राप्त उक्त सहायता राष्ट्रसङ्घीय कार्यालयका आवासीय संयोजक एवं मानवीय समन्वयकर्ता हाना सिङ्गर हाम्दी नेतृत्वको टोलीले परिचालन गर्नेछ ।

गत कात्तिक १७ गते राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको कम्पन हुँदा एक सय ५७ जनाको ज्यान गएको थियो । भूकम्पलगत्तै बेलायत सरकारले रु आठ करोड ४० प्रदान गरेको थियो ।

सम्बन्धित समाचार

  • पर्वतमा नहर बनाएर बाढी नियन्त्रण

    पर्वत - जिल्लाको जलजला गाउँपालिका७ धाइरिङस्थित गुन्टेखेत र सल्यानको बस्ती संरक्षणका लागि नहर निर्माण गरेर

  • बाढीको जोखिम क्षेत्रमा उपप्रधानमन्त्री सिंहद्वारा निरीक्षण

    काठमाडौँ- उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मनसुन सुरुभएसँगै बागमती नदीमा बाढीबाट सम्भावित जोखिम क्षेत्रको

  • बाढी पहिरोबाट १७ अर्बभन्दा बढीको क्षति

    काठमाडौं - सरकारले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend