अमेरिकाको टेक्सासमा बाढी प्रभावित क्षेत्रबाट छ सयभन्दा बढीको उद्धार


२३, वैशाख २०८१
अमेरिकाको टेक्सासमा बाढी प्रभावित क्षेत्रबाट छ सयभन्दा बढीको उद्धार
ह्युस्टन- अमेरिकाको चौथो ठूलो शहर टेक्सासको ह्युस्टन वरपरको बाढीग्रस्त क्षेत्रबाट छ सयभन्दा बढी व्यक्तिको उद्धार गरिएको छ । बाढीको कारण जोखिम बढ्ने र थप वर्षाको पूर्वानुमान गरिएको छ। 
 
राष्ट्रिय मौसम सेवाले सामाजिक सञ्जालमा अर्को चरणको भारी वर्षाको सम्भावना शनिबार ढिलो (आइतबार)सम्म हुने पोष्ट गरेको छ।
 
ह्युस्टनबाट ३० माइल (५० किलोमिटर) उत्तरपूर्वमा रहेको स्प्लेन्डोरा शहर नजिकै गत पाँच दिनमा २१ इञ्च (५३ सेन्टिमिटर) भन्दा बढी पानी परेको मौसम सेवाले जनाएको छ ।
 
ह्यारिस काउन्टीका न्यायाधीश लिना हिडाल्गोले एक पत्रकार सम्मेलनमा काउन्टीका विभिन्न क्षेत्रबाट झन्डै एक सय ८० जना मानिस र एक सय २२ जना घरपालुवा जनावरको उद्धार गरिएको बताउनुभयो।
 
स्थानीय मिडियाले पोल्क काउन्टीमा एक सय जनाभन्दा बढी र मोन्टगोमेरी काउन्टीमा चार सयभन्दा बढीको उद्धार गरेको बताएका छन्। 
 
हिडाल्गोले बिहीबार सान ज्याकिन्टो नदीको पूर्वी फोर्कमा रहेको ह्युस्टन क्षेत्रका बस्तीलाई अनिवार्य खाली गर्न आदेश दिनु भएको छ र त्यहाँका बासिन्दालाई सकेसम्म चाँडो आफ्नो घर छोड्न आग्रह गरिएको थियो। 
 
ह्युस्टन शहरका अधिकारीले शनिबार यस क्षेत्रमा करिब एक हप्तामा करिब चार महिना बराबरको वर्षा भएको जनाएका छन् । तथापि, यहाँ हालसम्म कसैको मृत्यु वा घाइतेको खबर आएको छैन।
 
 (रासस/सिन्ह्वा) 

 

सम्बन्धित समाचार

  • पर्वतमा नहर बनाएर बाढी नियन्त्रण

    पर्वत - जिल्लाको जलजला गाउँपालिका७ धाइरिङस्थित गुन्टेखेत र सल्यानको बस्ती संरक्षणका लागि नहर निर्माण गरेर

  • बाढीको जोखिम क्षेत्रमा उपप्रधानमन्त्री सिंहद्वारा निरीक्षण

    काठमाडौँ- उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मनसुन सुरुभएसँगै बागमती नदीमा बाढीबाट सम्भावित जोखिम क्षेत्रको

  • बाढी पहिरोबाट १७ अर्बभन्दा बढीको क्षति

    काठमाडौं - सरकारले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend