नेपालमै उत्पादित ‘ग्रिन हाइड्रोजन’ बाट चल्यो कार 

परियोजना प्रमुख प्रा.डा. विराजसिंह थापा भन्छन्- हामीले सम्भावना पुष्टि गर्‍यौं, व्यवसायिक रुपमा लैजाने काम सरकारको हो


साथसाथै न्युज
१९, चैत २०८०
नेपालमै उत्पादित ‘ग्रिन हाइड्रोजन’ बाट चल्यो कार 

काठमाडौं- नेपालमै उत्पादित ‘ग्रिन हाइड्रोजन’ (जलविद्युत् र पानी प्रशोधन) बाट सवारीसाधन चलाउन गरिएको परीक्षण सफल भएको छ।

काठमाडौं विश्वविद्याल (केयू) मा आइतबार हाइड्रोजन रिफिलिङ स्टेसनको सफल परीक्षण गरिएको नेपाल हाइड्रोजन इनिसिएटिभ्स परियोजना प्रमुख प्रा.डा. विराजसिंह थापाले जानकारी दिए।

‘दुई वर्षको निरन्तर अनुसन्धानपछि आज बिहानैबाट हामी हाइड्रोजन इन्धनलाई कारमा राख्ने कामको परीक्षण गरिरहेका छौं,’ थापाले भने, ‘यो दिन नेपालका लागि निकै महत्वपूर्ण हुनेछ।’

विश्वविद्यालयमा स्थापना गरिएको हाइड्रोजन रिफिलिङ स्टेसनबाट उत्पादन भएको हाइड्रोजन आज कारमा राखिएको हो। स्टेसनको सफल परीक्षण भएसँगै नेपालमै उत्पादित ग्रिन हाइड्रोजनबाट पहिलो पटक कार गुड्न सफल भएको हो। थापाका अनुसार ग्रिन हाइड्रोजनबाट चल्ने कार अन्य कारभन्दा छुट्टै हुन्छ।

विदेशबाट ल्याइएको यस्तो कारमा नेपालमै उत्पादित हाइड्रोजनले कार गुड्न सफल भएसँगै अब यसलाई व्यावसायिक उत्पादनमा समेत लैजान सकिने सम्भावना पुष्टि भएको उनले जानकारी दिए। ‘जसरी ईभी उत्पादन हुन्छ, हाइड्रोजन गाडीसमेत छुट्टै उत्पादन हुन्छ,’ उनले भने।

प्रा. डा. थापाका अनुसार ग्रिन हाइड्रोजन डिजेलको विकल्पका रूपमा संसारभरि अगाडि बढेको हो। जसले बस, ट्रकजस्ता ‘हेभी उपकरण’ सञ्चालन गर्ने छ।

‘बिजुलीबाट गुड्ने सवारीसाधन हलुकामात्र हुनेछन्, किनकि यस्तो इन्धनले हेभी सवारीसाधन चलाउन सम्भव छैन,’ उनले भने, ‘ग्रिन हाइड्रोजन डिजेलको विकल्प हो।’

अध्ययन अनुसार ७ किलो ग्रिन हाइड्रोजनले १५/२० टन भार बोकेका ठूला सवारीसाधनले १ हजार २ सय किलोमिटरसम्म दुरी पार गरेको देखिएको छ।

यसले नेपालजस्तो भूगोलमा समेत हाइड्रोजनको व्यावसायिक सम्भावना अधिक देखिएको उनले बताए। ईभीले पेट्रोलबाट चल्ने गाडी विस्थापित गर्ने र ग्रिन हाइड्रोजनले डिजेल विस्थापित गर्न सक्ने उनको भनाइ छ। यसले पर्यावरण संरक्षणसँगै नेपालजस्ता मुलुकले स्वदेशी उत्पादनबाट सवारीसाधन चलाउन सक्ने उनको भनाइ छ।

‘हामीले सम्भावना पुष्टि गरेर देखाएका छौं,’ उनले भने, ‘अब यसलाई नेपालका हकमा व्यावसायिक प्रयोगमा ल्याउने काम सरकार र लगानीकर्ताको हो।’

यस परीक्षणमा प्रा.डा. थापासँगै आधा दर्जन अनुसन्धानकर्ता निरन्तर खटिएका थिए। उक्त क्रममा कोरियामा एक महिना बसेर अध्ययन गरिएको उनले जानकारी दिए।

यसअघि केयूस्थित ल्याबमा खाना पकाउने ग्यासका रूपमा हाइड्रोजनको सफल परीक्षण भइसकेको छ। गत भदौमा सफल परीक्षण भएको ग्यासबाट ७ मिनेटमा चाउचाउ (खाजा) पकाइएको थियो। 

अझै पनि नेपालमा हाइड्रोजनलाई कानूनी स्वीकार गरेको छैन । कार्यविधि पनि तयार नभएको थापाले बताए। विश्वविद्यालयले अहिले ५ केजी हाइड्रोजन रिफिलिङ स्टेसन बनाएको हो। व्यापारिक प्रयोजनका लागि भने ३० केजीभन्दा माथिको रिफिलिङ स्टेसन आवश्यता पर्नेछ। 

थप समाचार, नेपालमा भित्रियो हाइड्रोजन कार, जीवाश्‍मा इन्धनको युग अन्त्यका लागि कोशेढुंगा!

सम्बन्धित समाचार

  • हिमालमा दोब्बर वर्षा, तराईमा खडेरीको संकेत: सरदर मनसुनले देखायो नेपालको बदलिँदो वर्षा चक्र

    काठमाडौं | यस वर्ष नेपालमा मनसुन अवधिको समग्र वर्षा सरदरको हाराहारीमा रह्यो। तर देशभर वर्षाको

  • आन्तरिक तयारी कमजोर हुँदा नेपालको जलवायु न्यायको दाबी कमजोर

    काठमाडौं:नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु वित्त, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायुजन्य क्षति र नोक्सानीबापतको क्षतिपूर्तिको माग गर्दै

  • जलवायु संकट सामना गर्न नेपाल–भारत–चीनबीच त्रिपक्षीय संयन्त्र बनाउन भारतीय प्राध्यापकको प्रस्ताव

    काठमाडौं भारतीय प्राध्यापक अनिलकुमार महापात्राले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीच

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend