‘टुर द ठाकुरद्वारा’ आजदेखि सुरु


२६, माघ २०८०
‘टुर द ठाकुरद्वारा’ आजदेखि सुरु

जानकी (बाँके)-   बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि ‘टुर द ठाकुरद्वारा’ सुरु भएको छ । बाँकेको नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म साइकल यात्रामार्फत ‘टुर द ठाकुरद्वारा’ सुरु भएको हो।

आज नेपालगञ्जबाट सुरू भएको साइकल यात्रा भोलि बर्दियाको ठाकुरद्वारामा गएर सम्पन्न हुने आयोजकले जनाएको छ । कार्यक्रममा दुई सयभन्दा बढी साइकलयात्री सहभागी भएका आयोजक नेपालगञ्ज साइक्लिङ क्लबले जनाएको छ।

कार्यक्रम संयोजक सतिश निरौलाका अनुसार बाँकेको वागेश्वरी मन्दिर हुँदै बर्दियाको ठाकुरद्वारासम्म सञ्चालन हुने यात्रा एक सय चार किलोमिटर लामो छ । वागेश्वरी मन्दिरबाट सुरु भएको साइकलयात्रा कोहलपुर, बर्दियाको केदारेश्वर धाम, सत्खलुवा हुँदै ठाकुरद्वारा मन्दिरसम्म पुग्ने उनले जानकारी दिए। 

साइकलयात्राका लागि टिसर्ट सार्वजनिक गर्दै चीन र भारतबाटसमेत साइकलयात्रीको सहभागिता रहेको संयोजक निरौलाले बताए टुर द ठाकुरद्वारा सम्पन्न गर्न करिब रु २७ लाख खर्च हुने अनुमान गरिएको उनले जानकारी दिए।

उक्त यात्रामा सहभागी हुने साइकलयात्रीमार्फत यहाँको पर्यटनसँगै बजार व्यवसाय चलायमान बनाउन सहयोग पुग्दै आएको आयोजक क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिए। उनका अनुसार बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीयस्थलको प्रचार गर्ने उद्देश्यले विगत छ वर्षदेखि ‘टुर द ठाकुरद्वारा’ आयोजना हुँदै आएको छ । 

उक्त साइकलयात्रामा झापा, विराटनगर, धरान, बारा, पोखरा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, नवलपरासी, धनगढी, महेन्द्रनगर, दाङलगायत जिल्लाबाट दुई सय पाँच जना साइकलयात्री सहभागी छन्।

रासस 

सम्बन्धित समाचार

  • बाढीपहिरोले रोकेन अन्नपूर्णको पर्यटकीय आकर्षण

    पोखरा , बाढीपहिरोले पदमार्ग र यातायात प्रभावित बनाए पनि पोखरा र अन्नपूर्ण क्षेत्रको पर्यटनमा सकारात्मक

  • बाढीले बाटो मात्रै बगाएन, नेपालको पर्यटनको भरोसा पनि हल्लाइदियो

    भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नेपालको पर्यटन क्षेत्रमा ठूलो धक्का पुर्याएको छ। बाढीले

  • अमेरिकी कूटनीतिज्ञ हार्करले गरे सगरमाथा आरोहण

    नेपालस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख (पब्लिक अफेयर्स चीफ) माइक हार्करले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend