भूकम्प्प प्रभावित क्षेत्रका पत्रकारलाई आर्थिक सहयोग


४, पुस २०८०
भूकम्प्प प्रभावित क्षेत्रका पत्रकारलाई आर्थिक सहयोग

काठमाडौं-  भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिमका पत्रकारलाई पत्रकार महासङ्घले आर्थिक सहयोग गरेको छ । गत कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित भएका पत्रकारलाई बुधबार पत्रकार महासङ्घको केद्रीय टोलीले जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा पुगरे रू चार लाखको चेक हस्तान्तरण गरेको हो । 

महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजुवालले पत्रकार महासङ्घका जिल्ला अध्यक्ष लक्ष्मण केसीलाई चेक हस्तान्तरण गर्नुभयो । प्रभावित क्षेत्रका पत्रकारलाई आर्थिक रुपमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले महासङ्घले सङ्कलन गरेको रकम हस्तान्तरण गरिएको महासचिव पुरीले जानकारी दिनुभयो । भूकम्प गएदेखि प्रभावित क्षेत्रमा खटिने पत्रकारको बारेमा जानकार रहेको बताउँदै उहाँले आउँदा दिनमा थप सहयोग गर्न महासङ्घ तयार रहेको बताउनुभयो । 

प्रभावित क्षेत्रका पत्रकारको आवश्यकता आधारमा क्षमता विकास तालिम, आवश्यक समन्वय गर्न महासङघ सधैँ साथमा रहेको वरिष्ठ उपाध्यक्ष विष्टले बताउनुभयो । प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको पत्रकारिता पेसालाई थप अगाडि बनाउन यहाँबाट फर्केर महत्त्वपूर्ण निर्णय गर्ने उहाँको भनाइ थियो । उहाँका अनुसार प्रभावित पत्रकारलाई न्यायोचित ढङ्गले रकम वितरण गर्न पत्रकार महासङ्घ रकुम पश्चिमलाई आग्रह गरिएको छ ।

महासङ्घबाट प्राप्त भएको रकम न्योयोचित ढङ्गले वितरण हुने जिल्ला अध्यक्ष केसीले बताउनुभयो । उहाँका अनुसार  प्राप्त भएको रकम वितरण गर्न कार्यदल निर्माण गरिएको र कार्यदलको निर्णय अनुसार केही दिनभित्र वितरण गरिने छ । 

महासङ्घको टोलीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा समान रू चार÷चार लाख आर्थिक सहयोग गरेको जनाएको छ ।

सम्बन्धित समाचार

  • बूढीगण्डकी बाढी : चार दिनमा एक हजारभन्दा बढीको उद्धार

    गोरखा, बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित उत्तरी गोरखाका एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको

  • बूढीगण्डकी बाढीबाट ४५ घर पूर्ण क्षति, २७ मा आंशिक क्षति; पाँच जना बेपत्ता

    काठमाडौं, असोज २६ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट ४५ घर पूर्ण

  • बूढीगण्डकीमा बाढीको वितण्डा, घर र पुल बगायो; तटीय क्षेत्रमा उच्च जोखिम

    गोरखा, असोज २५ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले बस्ती

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend