भूकम्पमा मारिएका व्यक्तिका परिवारले पाए बीमा बापतको रकम


२, पुस २०८०
भूकम्पमा मारिएका व्यक्तिका परिवारले पाए बीमा बापतको रकम

काठमाडौं -  गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दू भएर गएको भूकम्पका कारण रुकुम पश्चिममा मृत्यु भएका व्यक्तिका सदस्यहरुलाई राष्ट्रिय बीमा कम्पनीले बीमा बपतको रकम उपलब्ध गराएको छ।

कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका नागरिकको प्राकृतिक विप्दबाट मृत्यु भएमा प्रतिव्यक्ति  रु दुई लाखका दरले राहत रकम उपलब्ध राउन राष्ट्रिय बीमा कम्पनीसँग २०७६ साल चैत्र १ गतेदेखि लागु हुने गरी प्राकृतिक विपत् दुर्घटना बीमा कार्यक्रम सुरु गरेको थियो। सोहीअनुसार बीमा कम्पनीले भूकम्प पीडित क्षेत्रमा पुगेर मृतक परिवारका सदस्य  तथा हकवालालाई नगद राहत हस्तान्तरण गरेको हो ।

उक्त कम्पनी, बीमा प्राधिकरण तथा कर्णाली प्रदेश आन्तरिक माामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीलगायतको सहभागितामा आठबीसकोट नगरपालिकाका ३४ मृतकका हकवालालाई प्रतिव्यक्ति रु दुई लाखका दरले रु ६८ लाख प्रदान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिनुभयो। 

बाँकी आठ मृतकका परिवारलाई भने कागजात नपुगेकाले केही समय लाग्ने बताइएको छ। यस्तै सानीभेरी गाउँपालिकामा मृत्यु भएका १२ मृतक परिवारका सदस्यहरुलाई पनि बीमा कम्पनीले रु दुई लाखका दरले राहत उपलब्ध गराएको गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले जानकारी दिए।

उनका अनुसार मृतकका परिवारलाई  वडामै पुगेर रु दुईलाखका दरले रु २४ लाख  उपलब्ध गराइएको थियो। चौरजहारी नरपालिकामा पनि भूकम्पका कारण एक जनाको मृत्यु भएको र निजका परिवारले पनि बीमाबापतको  रकम पाउन बाँकी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए। 

जिल्लामा ४६ मृतकका परिवारले रु दुई लाखका दरले रु ९२ लाख पाएका छन् भने अझ नौ  जनाले रकम पाउन बाँकी छ। गत कात्तिक १७ गते राति भूकम्प जाँदा रुकुम पश्चिमा ५३, सानीभेरी गाउँपालिकाका दुई जनाको मृत्यु भएको थियो। 

 (रासस)

सम्बन्धित समाचार

  • बूढीगण्डकी बाढी : चार दिनमा एक हजारभन्दा बढीको उद्धार

    गोरखा, बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित उत्तरी गोरखाका एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको

  • बूढीगण्डकी बाढीबाट ४५ घर पूर्ण क्षति, २७ मा आंशिक क्षति; पाँच जना बेपत्ता

    काठमाडौं, असोज २६ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट ४५ घर पूर्ण

  • बूढीगण्डकीमा बाढीको वितण्डा, घर र पुल बगायो; तटीय क्षेत्रमा उच्च जोखिम

    गोरखा, असोज २५ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले बस्ती

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend