पहिरोबाट ज्यान गुमाएका चालकको परिवारलाई राहत


२८, मंसिर २०८०
पहिरोबाट ज्यान गुमाएका चालकको परिवारलाई राहत

काठमाडौं -  पाल्पाको रामपुरमा सडक मर्मत गर्ने क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ। रामपुर नगरपालिका–१० टोक्से पलेङ क्षेत्रमा सडक मर्मत गर्ने क्रममा डोजर पुरिएर ज्यान गुमाएका चालक २४ वर्षीय धनविर खड्काको परिवारलाई नगरपालिकाले रु एक लाख सहयोग गरेको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिएका छन्।

दाङको शान्तिनगर गाउँपालिका–१ नयाँबस्ती घर भएका खड्काकी श्रीमती पवित्रालाई  नगरपालिले सो रकम प्रदान गरेको हो। 

गत असोज २२ गते बाटो मर्मत गर्ने क्रममा पहिरोले पुरिएर चालक खड्काको ज्यान गएको थियो। रामपुर नगरपालिकाले नगरभित्र भैपरी आउने घटना, आगलागी, बाढीपहिरो पीडित, असहाय तथा विपन्न परिवारलाई राहत रकम उपलब्ध गराउँदै आएको छ। 
 (रासस)

सम्बन्धित समाचार

  • बूढीगण्डकी बाढी : चार दिनमा एक हजारभन्दा बढीको उद्धार

    गोरखा, बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित उत्तरी गोरखाका एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको

  • बूढीगण्डकी बाढीबाट ४५ घर पूर्ण क्षति, २७ मा आंशिक क्षति; पाँच जना बेपत्ता

    काठमाडौं, असोज २६ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट ४५ घर पूर्ण

  • बूढीगण्डकीमा बाढीको वितण्डा, घर र पुल बगायो; तटीय क्षेत्रमा उच्च जोखिम

    गोरखा, असोज २५ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले बस्ती

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend