जलवायु परिवर्तनसँग जुध्न सबैको ऐक्यबद्धता चाहिन्छ- महासचिव गुटेरेस


साथसाथै न्युज
१४, कात्तिक २०८०
जलवायु परिवर्तनसँग जुध्न सबैको ऐक्यबद्धता चाहिन्छ- महासचिव गुटेरेस

गण्डकी -  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनविरुद्धको अभियानमा प्रभावकारी ऐक्यबद्धता जनाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । 

अन्नपूर्ण आधार शिविरको स्थलगत अवलोकनबाट फर्केपछि पोखरामा पत्रकारसँगको सङ्क्षिप्त साक्षात्कारमा उनले जलवायु परिवर्तनको असरबाट नेपाल पनि प्रभावित रहेको भए पनि जलवायु परिवर्तनका कारक तत्वहरुमा नेपाल जस्ता देशको योगदान भने नरहेको उल्लेख गरेका छन् ।

“विश्वलाई म स्पष्ट रुपमा यो सन्देश दिन चाहन्छु कि प्रकृतिले झेलिरहेको यो सङ्कट रोक्न जरुरी छ”, महासचिव गुटेरेसले बताए, “हामीले यी सुन्दर हिमाल, हिमनदी र भूगोललाई जोगाउनै पर्छ, यसमा सबैको सहयोगको खाँचो छ।”

उनले जलवायु परिवर्तनका कारण वातावरणीय सन्तुलन खल्बलिन गई बाढीपहिरालगायत प्राकृतिक विपद्को नकारात्मक असर भोग्न स्थानीयवासी बाध्य हुनु परेको बताए । महासचिव गुटेरेसले जलवायु परिवर्तनको प्रत्यक्ष असर व्यहोरिरहेका नेपाललगायत देशलाई अन्तर्राष्ट्रिय समर्थन चाहिने पनि उल्लेख गरे । 

“जलवायु परिवर्तनको जोखिममा रहेका समुदायको रक्षाका लागि लचिलोपन निर्माण गर्न र अनुकूलन योजनाका लागि अन्तर्राष्ट्रिय सहयोगको खाँचो छ”, महासचिव गुटेरेसले भने।

 

सम्बन्धित समाचार

  • बाढीपहिरोले रोकेन अन्नपूर्णको पर्यटकीय आकर्षण

    पोखरा , बाढीपहिरोले पदमार्ग र यातायात प्रभावित बनाए पनि पोखरा र अन्नपूर्ण क्षेत्रको पर्यटनमा सकारात्मक

  • बाढीले बाटो मात्रै बगाएन, नेपालको पर्यटनको भरोसा पनि हल्लाइदियो

    भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नेपालको पर्यटन क्षेत्रमा ठूलो धक्का पुर्याएको छ। बाढीले

  • अमेरिकी कूटनीतिज्ञ हार्करले गरे सगरमाथा आरोहण

    नेपालस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख (पब्लिक अफेयर्स चीफ) माइक हार्करले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend