महासचिव गुटेरेससँग अध्यक्ष कार्कीको आग्रह - कोप२८ मा नेपाललाई न्याय दिलाइदिनुस्


साथसाथै न्युज
१३, कात्तिक २०८०
महासचिव गुटेरेससँग अध्यक्ष कार्कीको आग्रह - कोप२८ मा नेपाललाई न्याय दिलाइदिनुस्

काठमाडौं- जलवायु परिवर्तनका क्षेत्रमा काम गरिरहेको संस्था ‘साथसाथै’का अध्यक्ष प्रजिता कार्कीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई नेपालमा जलवायु परिवर्तनले पारेको असरको विषयलाई कोप–२८ मा उठाइदिन आग्रह गरेकी छिन्। 

चारदिने नेपाल भ्रमणमा रहेका गुटेरेस सोमबार जलवायु परिवर्तनले नेपालमा पारेको असरबारे बुझ्‍न सोलुखुम्बुको स्याङ्बोचे पुगेका छन्। उनी त्यस क्षेत्रबाट फर्किएपछि अन्‍नपूर्ण आधार क्षेत्रमा पुग्‍ने कार्यक्रम रहेको छ।

ad
यही अवसरमा ‘साथसाथै’का अध्यक्ष कार्कीले एक भिडियोमार्फत महासचिव गुटेरसलाई सम्बोधन गर्दै जलवायु परिवर्तनले नेपालमा महिला, बालबालिका, अपा‌ंगता भएका तथा पिछडिएको समुदाय सबैभन्दा बढी प्रभावित भएको उल्लेख गरेकी छिन्।

‘साथसाथै’ले हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘जलवायु न्यायका लागि महिला एकता’ भन्ने नारासहित यही क्षेत्रमा पदयात्रा गर्ने गरेको छ।

कार्कीले भिडियोमार्फत भनेकी छिन्, ‘जलवायु परिवर्तनको क्षेत्रमा काम गरिरहेको संस्थाको अध्यक्षको हैसियतमा हामी नेपाललाई जलवायु परिवर्तनको असमान प्रभावका बारेमा सम्पूर्ण राष्ट्रसंघ परिवार र तपाईंहरूको ध्यानाकर्षण गराउन चाहन्छौँ। तपाईंको स्याङ्बोचे भ्रमणले नेपालमा जलवायुले पारेको असरलाई आफ्नै आँखाले देख्‍नुहुनेछ। नेपालको भोगेको चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्‍च कोप–२८ मा उठाइदिन आग्रह गर्दछौँ।’

 

 

सम्बन्धित समाचार

  • बाढीपहिरोले रोकेन अन्नपूर्णको पर्यटकीय आकर्षण

    पोखरा , बाढीपहिरोले पदमार्ग र यातायात प्रभावित बनाए पनि पोखरा र अन्नपूर्ण क्षेत्रको पर्यटनमा सकारात्मक

  • बाढीले बाटो मात्रै बगाएन, नेपालको पर्यटनको भरोसा पनि हल्लाइदियो

    भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नेपालको पर्यटन क्षेत्रमा ठूलो धक्का पुर्याएको छ। बाढीले

  • अमेरिकी कूटनीतिज्ञ हार्करले गरे सगरमाथा आरोहण

    नेपालस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख (पब्लिक अफेयर्स चीफ) माइक हार्करले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend