किसानको गुनासो - जलवायु परिवर्तनको असरले उत्पादन घट्यो 


साथसाथै न्युज
३०, असोज २०८०
किसानको गुनासो - जलवायु परिवर्तनको असरले उत्पादन घट्यो 

♠️ गोमा विष्ट  

काठमाडौं-  लुम्बिनी प्रदेश बर्दिया जिल्लास्थित गुलरिया नगरपालिका वडा नं. १० का कृषि व्यवसायी दिपकसिहं थारुले राजनीति विज्ञान विषयमा मास्टर डिग्री गरेका छन्।

उनी मास्टर डिग्री गरे पनि विगत दुई दशक देखि निरन्तर कृषि व्यवसायमा लागिरहेका छन्। उनले भने, ‘मलाई अरु कुनै क्षेत्रमा रुची लागेन किनभने कृषि क्षेत्रमा शिक्षित युवाहरुको खाँचो छ, कृषि क्षेत्रमा पनि भविष्य छ भन्‍ने बुझाउनुपर्छ भन्‍ने महसुस भयो।’

कृषि क्षेत्रमै केही गर्ने र कृषिमा आधुनिकीकरण ल्याउन उद्देश्यल आफू लागि परेको उनले बताए। उनले भने, ‘म कृषि पेसामा आबद्ध भएको २० वर्ष पुग्यो, कृषि पेसामा मैले धेरै मिहनेत र सघंर्ष गरेको छु।’ उनले कृषि पेसामा सुरुमा सानो क्षेत्रफलमा भटमास उत्पादन गर्दै आएको हाल २० विगाह जमिनमा गहुँ खेती गरिरहेको बताएका छन्। 

उनले भने,‘मैले कृषि क्षेत्रमा लागेको प्रतिफल देखेर वडामा अरू पनि उत्प्रेरित भई कृषि पेसामा आबद्ध भएका छन्।’ हाल वडामा कृषि क्षेत्रमा कृषकहरु बीच प्रतिस्पर्धा नै चलिरहेको उनले सुनाए। यसले आफूलाई खुसी मिल्‍नेसमेत बताएका छन्। 

यस वर्ष गुलरियामा नै धेरै उत्पान गर्ने मनसाय भए पनि किसानले सहजीकरणका अभावले गर्दा हाइब्रिड धान लगाउन बाध्य भएको उनले बताए। 

उनले भने, 'विदेशी कम्पनीद्वारा निर्माण गरिएको  हाइब्रिड धान कृषकको आर्थिक शोषण गर्ने नयाँ प्रजातिको बनेको छ। कृषकले लोकल बीउलाई प्राथमिकतामा राखेको भए यो समस्या आउने थिएन।' 

जलवायु परिवर्तनले पनि कृषिमा ठूलो असर गरेको उनले बताएका छन्।  'एक त जलवायु परिर्वनले हाम्रो ठाउँमा कृषिमा धेरै असर देखिएको छ। नेपालमा जलवायु परिवर्तनका सबैभन्दा बढी प्रभावित कृषि क्षेत्र नै हो। जलवायु परिवर्तनले बेमौसमी वर्षा, बाढी, पहिरो, डुबान र भूक्षय जस्ता विपद् निम्त्याउने मात्र नभएर बालीमा विभिन्‍न खाले नयाँ रोगहरु देखिन थालेका छन्। यसले कृषि क्षेत्र नराम्री प्रभावित भएको छ।' 

नेपालको कृषि आजसम्म पनि धेरैजसो आकाशे पानीमा निर्भर भएको उल्लेख गर्दै पानीको स्रोत घट्दै गएकाले कुलोबाट सिँचाइ हुने जमिनमा पनि पानी पाउन मुस्किल हुँदै गएको उनले बताए। उनले थपे, 'जलवायु परिवर्तनका कारण कहिले धेरै वर्षा हुने त कहिले लामो समयसम्म खडेरी पर्न थालेको छ। उच्च तापक्रमका कारण बालीनालीमा लाग्ने कीरा र पशुजन्य रोग बढिरहेका छन्। यसले उत्पादकत्व घटाउँदै छ।'

पहिले-पहिले किसानले बर्खाको समय अनुमान गरेर खेतीपातीको तयारी गर्न सक्ने भए पनि अहिले त्यस्तो अनुमानले काम गर्न छाडेको उनको दुखेसो छ। कृषिको घट्दो उत्पादकत्वले खाद्य सुरक्षामा पनि गम्भीर चुनौती थपिदिएको छ।

प्राकृतिक प्रकोपको तीव्रताले मानिसको जीविकोपार्जन र स्वास्थ्यमा प्रतिकूल असर पार्नुका साथै उनीहरूको प्रकोप सामना गर्ने क्षमतालाई झनै कमजोर बनाउँछ। भूमि र कृषिका क्षेत्रमा जलवायु परिवर्तनको असर कम गर्नेतर्फ सोचिएन भने यसले भोकमरीको गम्भीर संकट निम्त्याउनेछ।   

'हामीले मेहनत र लगनका साथ काम गर्दा पनि उत्पान बढिरहेको छैन, उल्टै घटिरहेको छ,'कृषक चौधरीले भने , ‘कृषि क्षेत्रमा काम गर्न सजीलो छैन, खोजेको बेला मल पाइँदैन  जलवायु परिवर्तनका असरहरु छन्।  र उत्पादन गरेको वस्तुले पनि बजार नपाउने समस्या छ। किसानलाई सधै मलको अभाव अन्त्य कहिले हुन्छ भनेर पर्खिनुपर्ने अवस्था छ।'

सिचाईको लागि सरकारले विद्युतीकरणको व्यवस्था गरेकोमा खुसी व्यक्ति गरे। तर, किसानको सबैभन्दा ठूलो समस्या भनेको मल तथा जलवायु परिवर्तनका असर रहेको बताए। 

उनले थप्दै भने, 'आर्थिक विकासका नाममा वातावरणीय विनाश र जलवायु जोखिम बढाउने काम भइरहेको छ। सडक, भवन, जलविद्युत् र विमानस्थलजस्ता आधारभूत पूर्वाधारहरूको विस्तार विकासको आधार हो, तर यसका लागि पनि जमिनको उपयोग हुन्छ र यसले भूमिको दोहन बढेर जान्छ। यसो हुँदा त्यस्ता विकास गतिविधिलाई न्यूनतम पर्यावरणीय क्षति हुने गरी व्यवस्थित वा निर्माण गर्नुपर्छ।'

सम्बन्धित समाचार

  • बूढीगण्डकी बाढी : चार दिनमा एक हजारभन्दा बढीको उद्धार

    गोरखा, बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित उत्तरी गोरखाका एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको

  • बूढीगण्डकी बाढीबाट ४५ घर पूर्ण क्षति, २७ मा आंशिक क्षति; पाँच जना बेपत्ता

    काठमाडौं, असोज २६ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट ४५ घर पूर्ण

  • बूढीगण्डकीमा बाढीको वितण्डा, घर र पुल बगायो; तटीय क्षेत्रमा उच्च जोखिम

    गोरखा, असोज २५ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले बस्ती

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend