नेपालका ४७ हिमताल 'आउटबर्स्ट' को उच्च जोखिममा


साथसाथै न्युज
२२, असोज २०८०
नेपालका ४७ हिमताल 'आउटबर्स्ट' को उच्च जोखिममा

काठमाडौं- नेपालमा रहेका ४७ वटा हिमतालहरु फुट्‍ने उच्च जोखिम रहेको इसिमोड र यूएनडीपीले तयार पारेको संयुक्त प्रतिवेदनले जनाएको छ। इसिमोड र यूएनडीपीको 'न्यू ग्लेशियल लेक इन्भेन्टरी रिपोर्ट'ले नेपालको कोशी, गण्डकी र कर्णाली नदी बेसिनका ४७ सम्भावित खतरनाक हिमतालहरू पहिचान गरेको छ। 

करिब दुई वर्षको निरन्तर अनुसन्धानबाट र उच्च रिजोल्युसन स्याटेलाइट इमेजरी प्रयोग गरी कोशी, गण्डकी र कर्णाली गरी तीनवटा बेसिनहरूमा ४७ वटा हिमतालहरुलाई उच्च जोखिमको रुपमा पहिचान गरेको हो। उक्त हिमतालहरु आउटबर्स्ट भएर बाढी निम्त्याउने जनाइएको छ। 

पृथ्वीको तापक्रम बढ्दै जाँदा हिमतालहरु पग्‍लिनक्रममा वृद्धि भएको छ र यसले प्रमुख नदी बेसिनहरूमा नदी प्रवाहलाई असर गरिरहेको छ। यी परिवर्तनहरूले नयाँ हिमतालहरूको निर्माणका साथै भएका हिमतालहरूको विस्तार भइरहेको छ। 

उच्च जोखिममा रहेका ४७ मध्ये ४२ वटा कोशी बेसिन भित्र छन्, जसले यसलाई सबैभन्दा जोखिममा रहेको नदी बेसिनको रुपमा पहिचान गरिएको छ। त्यसैगरी गण्डकी र कर्णाली बेसिनमा क्रमशः तीन र दुई हिमतालहरु जोखिममा रहेको देखाइएको छ। नेपालमा साना-ठूला गरी दुई हजारभन्दा बढी हिमतालहरु रहेका छन्। 

नेपालमा वार्षिक अधिकतम तापक्रममा भएको उल्लेख्य वृद्धिले हिमनदी संकुचन र खण्डीकरणको परिणामस्वरुप हिमतालहरूको संख्या र क्षेत्रफलमा वृद्धि भएको छ।  

सम्भावित खतराका आधारमा हिमनदी तालहरूलाई तीन वर्गमा समूहबद्ध गरिएको छ। जसमा श्रेणी १ मा रहेका तालहरू उच्च जोखिममा छन् र रैंक २ र ३ मा भएका तालहरूमा जोखिम बढ्न सक्ने सम्भावनाको रुपमा पहिचान गरिएको छ। 

गत बुधबार भारतको उत्तरपूर्वी क्षेत्रमा रहेको हिमताल फुट्दा ठूलो मानवीय र भौतिक क्षति भएको छ। सन् २०२१ मा भारतको उत्तरपश्‍चिम क्षेत्रमा पनि हिमताल विस्फोट हुँदा ठूलो क्षति पुर्‍याएको थियो। 

सम्बन्धित समाचार

  • बूढीगण्डकी बाढी : चार दिनमा एक हजारभन्दा बढीको उद्धार

    गोरखा, बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित उत्तरी गोरखाका एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको

  • बूढीगण्डकी बाढीबाट ४५ घर पूर्ण क्षति, २७ मा आंशिक क्षति; पाँच जना बेपत्ता

    काठमाडौं, असोज २६ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट ४५ घर पूर्ण

  • बूढीगण्डकीमा बाढीको वितण्डा, घर र पुल बगायो; तटीय क्षेत्रमा उच्च जोखिम

    गोरखा, असोज २५ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले बस्ती

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend