सगरमाथाको ८ हजार मिटर उचाईबाट प्याराग्लाइडिङ गराइने : पर्यटनमन्त्री


साथसाथै न्युज
११, असोज २०८०
सगरमाथाको ८ हजार मिटर उचाईबाट प्याराग्लाइडिङ गराइने : पर्यटनमन्त्री

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले सगरमाथाको ८ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गरिने बताएका छन्। 

विश्व पर्यटन दिवसको अवसरमा साथसाथैले आयोजना गरेको राष्ट्रिय सम्मेलनका क्रममा गरिएको अन्तक्रिया कार्यक्रममा बोल्दै पर्यटनमन्त्री किरातीले सरकारले पर्यटक आकर्षण गर्नका लागि सगरमाथाको ८ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गराइने बताएका हुन्। 

उनले भने, 'हामीले पर्यटन प्रबद्र्धन गर्नुपर्छ भन्छौं तर, यसका लागि कस्तो नीति बनाएका छौं भन्ने कुरातिर ध्यान दिन सकेका छैनौं। त्यसकारण हामीले पर्यटन आकर्षण गर्नका लागि हामीले विभिन्न योजनाहरु बनाइरहेका छौं। जस अन्तर्गत सगरमाथाको ८ हजार मिटर माथिको उचाईबाट डबल दस्तुर लिएर प्याराग्लाइडिङ गराउनका लागि नियमावली अन्तिम चरणमा छ। अब क्याबिनेटबाट पारित हुनेबित्तिकै लागु हुन्छ।'

उनले नेपालको ऐन कानुन र भएका पूर्वाधारको सदुपयोग र नयाँ पूर्वाधारको निर्माणलगायतका कुराहरुले चुनौती सिर्जना गरेको बताए। उनले भने, 'सरकार जादुको छडी त होइन, तर, हामीले नेपालको पर्यटन क्षेत्रलाई थप सशक्त बनाउनुपर्छ। लयबद्धरुपमा काम गर्दै जाने हो, उसमा सोंच र सही दृष्टिकोण छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुन्छ।'

नेपालले पर्यटनको मुख्य आधार यातायात भएकोले नेपाल सरकारले जहाज किन्ने निर्णय गर्न लागेको पनि जानकारी गराए। उनले भने, 'हामी जहाज किन्ने निर्णय गर्दैछौं। सस्तोदरमा मानिसले आवतजावत गर्न सकेको अवस्थामा पनि हाम्रो पर्यटनमा ठूलो योगदान गर्नेछ।'

सरकार बदलिरहने प्रवृत्तिले गर्दा दीर्घकालीन योजनाका काम नहुँदा समस्या भएको पर्यटनमन्त्री किरातीले बताए। उनले अहिले ढिलो भए पनि आत्तिहाल्नुपर्ने स्थिति नभएको बताएका छन्। 

नयाँ लगानीकर्ताहरुलाई प्रोत्साहन गर्न सरकारले काम गरिरहेको उल्लेख गर्दै भने, 'नेपालका मौलिक कुरालाई ब्रान्डिङ गर्नुपर्नेछ। विश्वविद्यालय बनाउन सक्यौं भने दक्ष जनशक्ति उत्पादन गर्न सक्छौं। यी कामहरुमा सरकारले ध्यान दिइरहेको छ।'

नेपालका पर्यटनको निकै ठूलो सम्भावना भएको उल्लेख गर्दै भने, 'सगरमाथा, पशुपति, जनकपुर नेपालसँग मात्रै छ। विश्वकै ८ हजारभन्दा बढी उचाईका ८ वटा हिमाल नेपालसँगै छ। त्यसकारण नेपालले आवश्यक कानुन बनाएर कार्यान्वयन गर्न दृढता र काम गर्नसक्ने इच्छाशक्ति चाहिन्छ। दुई छिमेकी मुलुकबाट हामीले एक प्रतिशत मात्रै भित्र्याउन सक्यौं भने पनि हाम्रो पर्यटले ठूलो फड्को मार्छ।'

सम्बन्धित समाचार

  • बाढीपहिरोले रोकेन अन्नपूर्णको पर्यटकीय आकर्षण

    पोखरा , बाढीपहिरोले पदमार्ग र यातायात प्रभावित बनाए पनि पोखरा र अन्नपूर्ण क्षेत्रको पर्यटनमा सकारात्मक

  • बाढीले बाटो मात्रै बगाएन, नेपालको पर्यटनको भरोसा पनि हल्लाइदियो

    भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नेपालको पर्यटन क्षेत्रमा ठूलो धक्का पुर्याएको छ। बाढीले

  • अमेरिकी कूटनीतिज्ञ हार्करले गरे सगरमाथा आरोहण

    नेपालस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख (पब्लिक अफेयर्स चीफ) माइक हार्करले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend