पर्यटकीय

पर्यटकीय गन्तव्य बन्दै महेश खोला


साथसाथै न्युज
२९, भदौ २०८०
पर्यटकीय गन्तव्य बन्दै महेश खोला

पर्यटकीय

 
नवलपुर ( नवलपरासी) ।    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ मा रहेको महेश खोला पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । पूर्वपश्चिम राजमार्गको गैँडाकोट–२ कालीगण्डकी चोकबाट झन्डै २० मिनेटको यात्रापछि पुग्न सकिने महेश खोलामा पछिल्लो समय आन्तरिक पर्यटक आउने क्रम बढ्दोे रहेकाे छ । 
 
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर (उत्तर–दक्षिण राजमार्ग)मा पर्ने यस खोलामा मूलको चिसो पानी आउँदा गर्मी छल्न मानिसहरु आउने गरेका वडाध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो । “कालीगण्डकी करिडोरमै पर्ने खोलामा शीतलता प्राप्त गर्न तथा यहाँको प्राकृतिक वातावरणमा रमाउन चितवन तथा नवलपुरबाट मानिसहरु आउने गरेका छन्”, उहाँले भन्नुभयो, “सहज यातायात तथा बजारबाट नजिकै रहेकाले पनि यस क्षेत्र पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण रहेको छ ।” 
 
नवलपुरको गैँडाकोटबाट मात्रै नभई चितवनको भरतपुरबाट समेत सबैभन्दा नजिकको दूरीमा पर्ने महेश खोलामा पौडी खेल्न र मानिसहरु रमाइलो गर्न आउने गरेका उहाँका भनाइ छ । “सामान्य दिनमा सय जनाको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन्”, उहाँले भन्नुभयो, “शनिबार तथा सार्वजनिक बिदाका दिनमा खोलाको चिसो पानीमा नुहाउन तथा यहाँको प्राकृतिक वातावरणमा रमाउन पाँच सयभन्दा बढी मानिसहरु आउने गरेका छन् ।” 
 
महेश खोलासँगै गैँडाकोट–३ लाई पर्यटकीय गन्तव्य बनाउनका लागि आफूहरु प्रतिबद्ध भएर लागिपरेको उहाँले बताउनुभयो । महेश खोलामा बाह्रै महिना चिसो पानी बग्ने भएकाले यसलाई व्यवस्थापन गर्दै मानिसलाई पौडी खेल्न मिल्ने गरी व्यवस्थित बनाइएको उहाँले बताउनुभयो । “यहाँ पौडी पोखरी होइन, खोलाको चिसो पानीमा पौडी खेल्न पाइन्छ”, उहाँले भन्नुभयो, “स्वच्छ बगिरहने चिसो पानीसँगै प्रकृतिक सुन्दरताको भरपुर आनन्द लिएर पौडी खेल्ने पाइने भएपछि मानिसहरु आकर्षित भएका हुन् ।” 
 
वडा नम्बर ३ मा महेश खोलासँगै अन्य झरना र कालीगण्डकी नदीसमेत रहेको जनाउँदै उहाँले कालीगण्डकी करिडोर निर्माणपछि यातायात आवागमनमा भएको सहजताले आन्तरिक पर्यटकको वृद्धि हुने क्रम बढेको बताउनुभयो । बजार क्षेत्रबाट नजिकै रमाउने ठाउँ नभइरहेको अवस्थामा ढोडेनी क्षेत्रलाई विकल्पका रुपमा प्रस्तुत गर्ने प्रयास भइरहेको उहाँको भनाइ छ । 
 
“अहिले बिदाको समयमा घुम्न होस् वा रमाइलो गर्नका लागि सहर बजार नजिकै रमणीय र सुविधा उपलब्ध भएको ठाउँ पाउन कठिन छ”, उहाँले भन्नुभयो, “हामीले ढोडेनीलाई विकल्पका रुपमा प्रस्तुत गर्दै होमस्टे ९घरबास० निर्माण, होटल तथा रेष्टुरेन्ट निर्माणलाई समेत प्रवद्र्धन गर्दैछौँ ।” बजार क्षेत्रबाट नजिकै भएर पनि महेश खोला तथा यहाँका अन्य झरनाको प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको तिवारीले बताउनुभयो । 
 

सम्बन्धित समाचार

  • बाढीपहिरोले रोकेन अन्नपूर्णको पर्यटकीय आकर्षण

    पोखरा , बाढीपहिरोले पदमार्ग र यातायात प्रभावित बनाए पनि पोखरा र अन्नपूर्ण क्षेत्रको पर्यटनमा सकारात्मक

  • बाढीले बाटो मात्रै बगाएन, नेपालको पर्यटनको भरोसा पनि हल्लाइदियो

    भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नेपालको पर्यटन क्षेत्रमा ठूलो धक्का पुर्याएको छ। बाढीले

  • अमेरिकी कूटनीतिज्ञ हार्करले गरे सगरमाथा आरोहण

    नेपालस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख (पब्लिक अफेयर्स चीफ) माइक हार्करले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend