कोप–३१ मा नेपालको नेतृत्व परराष्ट्रमन्त्री खनालले गर्ने


२०, कात्तिक २०८३
कोप–३१ मा नेपालको नेतृत्व परराष्ट्रमन्त्री खनालले गर्ने

काठमाडौं, कात्तिक १९। ३१औँ विश्व जलवायु सम्मेलन (कोप–३१) मा नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने भएका छन्। नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा हुने सम्मेलनमा खनालले नेपाली टोलीको नेतृत्व गर्ने वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

सम्मेलनमा कृषि, वन तथा वातावरणमन्त्रीले पनि सहनेतृत्व गर्ने कार्यक्रम छ। विगतका कोप सम्मेलनमा नेपालबाट प्रधानमन्त्रीहरू सहभागी हुँदै आएका थिए। यसपटक भने परराष्ट्रमन्त्रीको नेतृत्वमा टोली जाने भएको हो।

सम्मेलनमा नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर, जलवायुजन्य विपद्बाट भएको क्षति र त्यसको क्षतिपूर्तिको विषय उठाउने तयारी गरेको छ।

भोटेकोशी क्षेत्रमा आएको बाढीलाई उदाहरण दिँदै नेपालले जलवायु परिवर्तनको असर भोगिरहेका देशलाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको विषयमा जोड दिनेछ। हिमनदी पग्लिने क्रम र हिमाली क्षेत्रमा बढ्दो जोखिम पनि नेपालको छलफलको विषय हुनेछ।

खनालले यसअघि फिजीमा भएको प्रि–कोप बैठकमा जलवायु संकटको असर भोगिरहेका देशलाई तत्काल सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका थिए।

नेपालले जलवायुजन्य हानि–नोक्सानी कोषबाट प्रभावित समुदायले सहज रूपमा सहयोग पाउनुपर्ने र जलवायु अनुकूलनका लागि विकसित देशले पर्याप्त आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने माग अघि सार्नेछ। जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि असर बढी भोग्नुपरेको भन्दै खनालले जलवायु न्यायको विषयलाई सम्मेलनमा उठाउने तयारी गरेका छन्।

सम्बन्धित समाचार

  • शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ’

    काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम

  • ताजा अपडेट

    ट्रेन्डिङ

    सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend