शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ’


२२, जेठ २०८२
शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ’

काठमाडौँ-  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउनुभएको छ । साथसाथै फाउण्डेसनले कोइला ऊर्जाको प्रयोग बन्द गर्ने अभियानसम्बन्धी आज ज्ञापनपत्र बुझ्दै उहाँले कार्बन उत्सर्जन शून्यमा झार्नका लागि सरकारले विभिन्न योजनाबद्ध कार्यक्रमलाई अगाडि सारेको बताउनुभयो ।
 
मन्त्री खड्काले हरित ऊर्जालाई अगाडि बढाउनका लागि सरकारले कानुनी र नीतिगत व्यवस्थाको थालनी गरिरहेको जानकारी दिनुभयो । सरकारले सन् २०३५ सम्म २८ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त लक्ष्यले नेपालको स्वच्छ ऊर्जा रुपान्तरणमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
 
नवीकरणीय ऊर्जाको प्रयोगसँगै भारतबाट आयत हुने कोइलाको आयत घट्दै जाने मन्त्री खड्काले विश्वास व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनले नेपालको हिमालमा समेत समस्या उत्पन्न हुँदै गएको उल्लेख गर्दै यसलाई जोगाउनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
 
साथसाथै संस्थाकी अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनका कारण हुने प्रदूषणले मानिसको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै प्रदूषण रोक्नका लागि कोइलाको आयतलाई प्रतिस्थापन गर्नुपर्ने धारणा राख्नुभयो । 
 
राष्ट्रिय समाचार समिति (रासस)

सम्पर्क

comming soon

हाम्रो बारेमा

comming soon

हाम्रो टिम

अध्यक्ष 
प्रजिता कार्की
प्रधान सम्पादक 
बद्री सिग्देल
कार्यकारी सम्पादक 
दिलिप प्रकाश कार्की 
सम्पादक (अंग्रेजी) 
सरीता श्री ज्ञवाली
संवाददाता 
गोमा विष्ट
स्तम्भ लेखक 
प्रदीप पोखरेल


© 2026 All right reserved to sathsathi.com Site By : SobizTrend