डडेल्धुरामा महिला तथा बालबालिका हराएको भन्दै १०८ उजुरी, ४२ अझै बेपत्ता


साथसाथै न्युज
१०, साउन २०८०
डडेल्धुरामा महिला तथा बालबालिका हराएको भन्दै १०८ उजुरी, ४२ अझै बेपत्ता

डडेल्धुरा- पछिल्लो समय डडेल्धुरामा महिला, बालबालिका तथा पुरुष हराउने क्रम बढेको छ। जिल्लामा महिला, बालबालिका र पुरुष गरेर अझै ४२ जना बेपत्ता छन।

बेपत्ता हुनेमा सबैभन्दा बढी महिला र बालबालिका छन। गत आर्थिक बर्षमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा महिला, बालबालिका, पुरुष तथा जेष्ठ नागरिक हराएको भन्दै एक सय आठ ओटा निवेदन दर्ता भएका थिए। ती मध्ये २३ महिला, छ पुरुष र १३ बालबालिका अझै बेपत्ता छन।

जिल्लाका विभिन्न क्षेत्रबाट ४७ महिला हराएको निवेदन दर्ता भएकोमा २४ महिला फेला परेका छन भने २३ महिला अझै बेपत्ता छन। ४७ बालबालिका हराएकोमा ३४ बालबालिका मात्र फेला परेका छन भने १३ बालबालिकाको अवस्था अझै अज्ञात छ। दुईजना जेष्ठ नागरीक हराएकोमा दुइटै फेला परेका छन।

जिल्लाका बिभिन्न क्षेत्रबाट १२ पुरुष हराएको निबेदन दर्ता भएकोमा छ जना फेला परेका छन भने छ जनाको अवस्था अज्ञात छ। डडेल्धुराबाट सबैभन्दा बढी २३ महिला, नौ बालिका, छ पुरुष र चार बालक अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको तथ्यांक छ।

महिलासँगै बालिका हराउने संख्या पनि डरलाग्दो रुपमा देखिएको छ। कतिपय किशोरीहरुले प्रेम विवाह गरेको अबस्थामा परिवारजनले प्रहरीलाई खोजबिनका लागि निवेदन दिने गरेको प्रहरी अधिकारीहरु बताउछन्।

आफन्त हराएको भन्दै प्रहरीमा निवेदन दिनेको संख्या पछिल्लो समय बढ्दै गएको र हराएका महिला, बालबालिका तथा पुरुष खोज्ने कार्यमा प्रहरीको सक्रिता बढेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले बताउनु भयो। पछिल्लो छ महिनामा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले ६६ जनालाई फेला पारेर आफन्तको जिम्मा लगाईसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

सम्बन्धित समाचार

  • महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन्। महिला

  • सगरमाथा आधार शिविरमा मनाइयो नारी दिवस, जलवायु न्यायका लागि ७ बुदे घोषणापत्र जारी

    कालापत्थर(सोलुखुम्बु)-११४ औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा मनाइएको छ। विभिन्न विधामा

  • बृहत् यौनिकता शिक्षा र प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न माग

    काठमाडौं- किशोरकिशोरीले बृहत् यौनिकता शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई थप प्रवद्र्धन गर्ने शिक्षा

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend