‘विपद् जोखिम न्यूनीकरणमा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन आवश्यक’


७, जेठ २०८२
‘विपद् जोखिम न्यूनीकरणमा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन आवश्यक’

गण्डकी-  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् जोखिम न्यूनीकरणमा सहज पहुँच हुने खालको प्रविधिको विकास आवश्यक हुने बताउनुभएको छ।


विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा युनएनडिपी र युएनडिआरआरको सहयोगमा सबैका लागि पूर्वसूचना विषयमा राष्ट्रिय कार्ययोजना, २०८२ तर्जुमाका सम्बन्धमा पोखरामा आयोजित प्रदेशस्तरीय गोष्ठीको उद्घाटन गर्दै उहाँले पूर्वसूचनामा काम गर्नसके जोखिमको न्यूनीकरण गर्न सकिने बताउनुभयो।


गण्डकी प्रदेश पर्यटन राजधानी भएको र विपद्को उच्च जोखिममा पनि रहेको उल्लेख गर्दै उहाँले स्थानीय नागरिकसँगै पर्यटक लक्षित विपद् पूर्वसूचना प्रणाली बनाउँदा जनधनको क्षति न्यूनीकरण गर्न सकिने बताउनुभयो। 


जलवायु परिवर्तनका कारण पनि प्रदेशले थप विपद्को सामना गर्नु परेको उहाँले बताउनुभयो । उहाँले प्रदेशमा जोखिम क्षेत्र पहिचान गरेर पूर्वसूचना र विपद्पछिको भूमिकामा पनि संवेदनशील हुन सरोकारवाला सबैलाई आग्रह गर्नुभयो।


गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले विपद् पूर्वसूचनाका आधारमा विपद्जन्य क्षति धेरै नै न्यूनीकरण गर्न सकिने बताउनुभयो । प्रभावकारी पूर्वसूचना प्रणालीको स्थापनासँगै यसबारे आम सर्वसाधारणलाई सचेतना अभिवृद्धि गरिनुु जरुरी भएको उहाँको भनाइ छ।


नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका गण्डकी प्रदेशसभाका प्रमुख सचेतक विन्दु पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, सुदीप अर्याललगायतले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।


गोष्ठीमा गण्डकी तथा लुम्बिनी प्रदेशका सरोकारवाला प्रतिनिधिको सहभागिता रहेको जनाइएको छ। 


राष्ट्रिय समाचार समिति (रासस)

सम्बन्धित समाचार

  • ‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

    काठमाडौँ - काठमाडौँ उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको वायु बर्खायाममा बाहेक अन्य समयमा

  • माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध

    चितवन, ४ असारः यहाँको माडी नगरपालिकाले प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ । पालिकाको ४३

  • ‘जलवायु चेतना प्रभावकारी बनाउन एकीकृत प्रयास आवश्यक’

    काठमाडौँ- नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले पछिल्लो समय जलवायु परिवर्तनसम्बन्धी चेतना जनस्तरसम्म बढ्दै गएको

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend