सगरमाथा संवाद पूर्ण सत्र : जलवायु सङ्कट समाधानका लागि सामूहिक प्रतिबद्धतामा जोड


३, जेठ २०८२
सगरमाथा संवाद पूर्ण सत्र : जलवायु सङ्कट समाधानका लागि सामूहिक प्रतिबद्धतामा जोड
काठमाडौँ - आजदेखि सुरु भएको बहुप्रतिक्षित सगरमाथा संवादमा सरोकारवाला विज्ञहरुले अन्तरराष्ट्रिय जलवायु सङ्कट समाधानमा सामूहिक प्रतिबद्धतामा जोड दिनुभएको छ । संवादको पूर्ण सत्रमा बोल्दै उहाँहरुले जलवायुजन्य सङ्कट सामनाका लागि सबैको सहकार्य र अन्तरराष्ट्रिय जलवायु प्रतिबद्धता जरुरी रहेकामा जोड दिनुभएको हो ।
 
कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुका कारण हिमाली परिदृश्य रुपान्तरण हुन लागेको उल्लेख गर्दै हिमनदीहरू पग्लिँदै गएको, परिस्थितिकीय प्रणाली बदलिँदै गएको र परम्परागत जीवनशैलीहरू उल्टिँदै गएकाले सामाधानका लागि सामूहिक प्रतिबद्धतामा जोड दिनुभयो ।
 
नेपालका लागि इजिप्टका राजदूत नोहा हम्दी अहमद इल्गेबालीले जलवायु अनुकूलनका लागि स्थानीय जलवायु वित्त, जलको पुनःभरण र जैविक विविधताको संरक्षण, जलवायु कृषि अनुकूलन जस्ता जलवायु अनुकूलन राष्ट्रिय रणनीतिमा समावेश गर्न आवश्यक रहेको बताउनुभयो । 
 
“सन् २०२२ मा कोप–२७ आयोजना गर्ने गौरव इजिप्टलाई प्राप्त भयो । कोप २७ मा विश्वव्यापी जलवायु प्रक्रिया इतिहासमा एक महत्वपूर्ण उपलब्धि थियो । यसले विश्व दक्षिणका आवाजलाई अगाडि ल्यायो र अनुकूलन तथा जलवायु न्यायलाई कार्यसूचीको केन्द्रमा राख्यो,” उहाँले भन्नभयो, “जलवायु हानि–नोक्सानी कोष पनि कोप २७ मा नै स्थापना हुने निर्णय भएको थियो ।”
 
कार्यक्रममा बङ्गलादेशको समाज कल्याण मन्त्रालय तथा महिला तथा बालबालिका मामिला मन्त्रालयका, सल्लाहकार, शर्मिन सोनिया मुर्शिद, भूटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री, जेम छेरिङ, संयुक्त अधिराज्य संसदीय उप–सचिव (लड्र्स मन्त्री) बारोनेस सुसान हाइम्यान, संयुक्त अरब इमिरेट्सको ऊर्जा तथा दिगो विकास मामिलाका लागि सहायक परराष्ट्रमन्त्री, अब्दुल्ला बालालाले धारणा राख्नुभएको थियो ।
 
त्यसैगरी, जापानका परराष्ट्र मामिलाका लागि संसदीय उपमन्त्री इकुइना आकिको, भारतका अतिरिक्त सचिव (सहायकमन्त्री) अमनदीप गर्ग, जलवायु परिवर्तन मामिलाका लागि विशेषदूत तथा उपमन्त्री, परराष्ट्र मन्त्रालय, कतारका बदर ओमर अल दफाले धारणा व्यक्त गर्नुभयो ।
 
पाँचवर्षे कार्ययोजनाको कार्यान्वयनका लागि राष्ट्रपति विशेष प्रतिनिधि, किर्गिस्तान गणराज्यको दिनारा केमेलोभा, ब्राजिलबाट नेपालका लागि राजदूत कार्लोस अल्बेर्टो मिकाएलसेन डेन हार्टोग, ओमानका राजदूत इस्सा बिन सालेह अल शिवानी, नेपालका लागि, पाकिस्तानका राजदूत अबरार एच. हश्मीले पूर्ण सत्रलाई सम्बोधन गर्नुभएको थियो ।
 
त्यस्तै, क्षेत्रीय तथा अन्तरराष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरुमध्ये संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव तथा एसक्यापकी कार्यकारी सचिव आर्मिदा साल्सियाह अलिस्जाहबाना, विश्व बैङ्कका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजर, एसियाली विकास बैङ्क उपाध्यक्ष, फातिमा यास्मिन, सार्क महासचिव राजदूत मोहम्मद गोलाम सरवारले सत्रमा भाग लिनुभएको थियो । बिम्स्टेक महासचिव इन्द्रमणि पाण्डे, आइसिमोडका महानिर्देशक पेमा ग्यात्सोले पनि मन्तव्य राख्नुभएको थियो ।  
 
पूर्ण सत्रमा अन्तरराष्ट्रिय सम्मेलनको प्रारूपमा आयोजना गरिएको र यस संवादको थिममा केन्द्रित रही आफ्ना धारणा वा विचारहरू व्यक्त गर्नुभएको थियो । संवादमा सहभागी हुने सबै राष्ट्र र अन्तरराष्ट्रिय एवं क्षेत्रीय सङ्गठनलाई यस सत्रमा बोल्ने अवसर प्रदान गरिएको थियो । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सत्रको अध्यक्षता गर्नुभएको थियो ।
 
राष्ट्रिय समाचार समिति (रासस)

सम्बन्धित समाचार

  • कोप–३१ मा हिमालदेखि जलवायु न्यायसम्मका मुद्दा उठाउने नेपालको तयारी

    काठमाडौं, कात्तिक १३। नेपालले आगामी नोभेम्बरमा टर्किएमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप३१)

  • अत्यधिक गर्मीको चपेटामा बेलायतका सडक, तीन वर्षमा कालोपत्रे बिग्रिने घटना ६७ प्रतिशत बढ्यो

    काठमाडौं, असोज १२ अत्यधिक गर्मीका कारण बेलायतका सडकमा कालोपत्रे नरम भएर बिग्रिने तथा सवारीसाधनको

  • विश्वमञ्चबाट बालेनको सन्देश– ‘पशुपतिनाथले विश्वको कल्याण गरून्, बुद्धको बाटोमा विश्व हिँडोस्’

    न्युयोर्क, असोज ९ प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभाको विश्वमञ्चबाट नेपालको जलवायु संकट र

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend