सगरमाथा संवादमा थामेको आवाज सम्बोधन हुन्छ : प्रधानमन्त्री ओली


३, जेठ २०८२
सगरमाथा संवादमा थामेको आवाज सम्बोधन हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं -  प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको थामेलगायत क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको समस्या सगरमाथा संवादमा सम्बोधन गर्ने बताएका छन्।


थामेमा भएको आरोही सम्मेलन र जलवायु संवादको घोषणापत्रसहितको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले हिमालको फेदीमै पुगेर कार्यक्रम हुनु र समस्या केलाउनु प्रभावकारी काम भएको उल्लेख गरेका थिए।

सगरमाथा संवादमा थामेसहितका नेपालका हिमाली क्षेत्रमा देखिएका समस्यालाई म प्राथमिकतासाथ उठाउँछु, प्रधानमन्त्री निवास बालुवाटारमा थामे सम्मेलनका आयोजक संस्था साथसाथै फाउन्डेसनले तयार पारेको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले भने।

शुक्रवार देखि ३ दिनसम्म नेपाल सरकारले सगरमाथा संवाद आयोजना गर्न गइरहेको पूर्व सन्ध्यामा प्रधानमन्त्री ओलीले हिमालदेखि तराईसम्म जलवायु न्यायका लागि सरकार दृढ हुने धारणा राखेका थिए । जलवायु न्यायको क्षेत्रमा काम गर्दै आएको साथसाथै संस्थाले केही साता अघि हिमपहिरोले प्रभावित क्षेत्रमा पुगेर अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गरेको थियो । वन तथा वातावरण मन्त्रालयसहित तिनै तहका सरकारसँगको सहकार्यमा भएको सम्मेलनले थामेको पुनर्स्थापना, परिपूरण र न्यायका लागि विभिन्न निष्कर्ष निकालेको थियो।

प्रतिवेदन बुझाउँदै साथसाथैका अध्यक्ष प्रजिता कार्कीले नेपाललाई जलवायु न्याय दिलाउनका लागि अन्तर्राष्ट्रिय रूपमा पहलकदमी गर्न प्रधानमन्त्री ओलीले देखाएको तदारुकता प्रशंसनीय भएको बताइन्।

थामे सम्मेलनलाई सरकारले सगरमाथा संवादको प्रि इभेन्टको रूपमा मान्यता दिएको थियो। सगरमाथा संवादको पूर्व सन्ध्यामा उक्त सम्मेलन परिणाममुखी हुने भन्दै प्रधानमन्त्री ओलीले लिखित सन्देश समेत पठाएका थिए।


अध्यक्ष कार्कीको नेतृत्वमा भएको आरोही सम्मेलनमा कतारकी राजकुमारी आश्मा अल थामी सहित चर्चित सगरमाथा आरोही र जलवायु विज्ञ सहभागी भएका थिए ।थामेमा रक्षा मन्त्री मानवीर राई र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीसमेत सहभागी थिए। सम्मेलनले थामेसहित जलवायु पीडित खुम्बु क्षेत्रको न्यायमा केन्द्रित रहेर ५ बुँदे घोषणापत्र जारी गरेको थियो।

थामेमा गरिएको कार्यक्रम सगरमाथा संवादप्रति एउटा स्थानीय सहभागितासहितको सन्देश हो, जुन नीतिगत संवादसँग जोडिएको छ। यसले के देखाउँछ भने कि जलवायु सङ्कटको समाधान केवल सम्मेलनहरूमा होइन, स्थानीय स्तरमा पनि खोजिनुपर्छ, प्रतिवेदनमा भनिएको छ।

अध्यक्ष कार्कीले सरकार र समुदायबीच सेतु बन्ने उद्देश्य अनुसार थामेमा कार्यक्रम भएको र आगामी दिनमा समेत सरकारी नीति र जनताको आवाजलाई सँगसँगै अघि बढाउने गरी काम गर्ने बताए।

497809296_705277221909023_8658715771192946607_n.jpg

 

सम्बन्धित समाचार

  • कोप–३१ मा हिमालदेखि जलवायु न्यायसम्मका मुद्दा उठाउने नेपालको तयारी

    काठमाडौं, कात्तिक १३। नेपालले आगामी नोभेम्बरमा टर्किएमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप३१)

  • अत्यधिक गर्मीको चपेटामा बेलायतका सडक, तीन वर्षमा कालोपत्रे बिग्रिने घटना ६७ प्रतिशत बढ्यो

    काठमाडौं, असोज १२ अत्यधिक गर्मीका कारण बेलायतका सडकमा कालोपत्रे नरम भएर बिग्रिने तथा सवारीसाधनको

  • विश्वमञ्चबाट बालेनको सन्देश– ‘पशुपतिनाथले विश्वको कल्याण गरून्, बुद्धको बाटोमा विश्व हिँडोस्’

    न्युयोर्क, असोज ९ प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभाको विश्वमञ्चबाट नेपालको जलवायु संकट र

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend