श्रम अधिकार र जलवायु न्यायबिना समानता सम्भव छैन : मन्त्री सुडी


२२, वैशाख २०८२
श्रम अधिकार र जलवायु न्यायबिना समानता सम्भव छैन : मन्त्री सुडी
काठमाडौँ-  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले श्रम अधिकार र जलवायु न्यायबिना समानता सम्भव नभएको बताउनुभएको छ । शोषण, अन्याय, असमानता र अदृश्यता अनौपचारिक क्षेत्रका श्रमिकहरूको साझा समस्या भएको उहाँले बताउनुभयो ।
 
नेपाल महिला एकता समाज, यूथ एड्भोकेसी नेपाल र एक्सनएडको संयुक्त आयोजनामा यहाँ आज आयोजित दुईदिने ‘जलवायु परिवर्तन र मर्यादित श्रम अभियान–२०२५’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री सुडीले संविधानमा सुनिश्चित गरिएका श्रमिकका अधिकार पूर्णरुपमा कार्यान्वयन गरिनुपर्ने बताउनुभयो ।
 
“यस्ता अधिकारलाई व्यवहारमा ल्याउने वातावरण निर्माण गर्नु सरकार, नागरिक समाज, श्रमिकसहित सबैको साझा जिम्मेवारी हो”, मन्त्री सुडीले भन्नुभयो– “श्रम अधिकार केवल मानव अधिकारको विषय होइन, यो आर्थिक न्याय र समानताको विषय पनि हो ।”
 
नेपालमा ८५ प्रतिशतभन्दा बढी श्रमिक अनौैपचारिक क्षेत्रमा संलग्न रहेका र यसमा ९० प्रतिशतभन्दा बढी महिला रहेका मन्त्री सुडीले बताउनुभयो । “समावेशी र दिगो विकास लक्ष्य (एसडीजी) प्राप्त गर्ने यात्रा त्यतिबेलासम्म अपूर्ण रहन्छ जबसम्म श्रम अधिकार सुनिश्चित हुँदैन, मर्यादित श्रम स्थापना हुँदैन र जलवायु न्याय कार्यान्वयन प्राप्ति हुँदैन”, उहाँले भन्नुभयो । सरकार नागरिक समाज, श्रमिक वर्ग र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गरेर श्रमिकका आवाज सम्बोधन गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । 
 
सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिका सदस्य सन्तोष परियारले भन्नुभयो, “हामी समाजमा परिवर्तन चाहन्छौँ भने महिला, दलित, आदिवासी, जनजातिलगायत श्रमिक समुदायको आवाज उठाउन आवश्यक छ ।”
 
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा सूर्यप्रसाद शर्मा ढुङ्गेलले अनौपचारिक क्षेत्रमा श्रम शोषण अझै पनि विद्यमान रहेको उल्लेख गर्दै श्रमिकको आवाज प्रत्येक ठाउँमा पुर्याउन आवश्यक भएकामा जोड दिनुभयो । 
 
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सदस्य कुसुमदेवी थापाले जलवायु सङ्कटबाट बढीजसो अनौैपचारिक क्षेत्रका श्रमिक प्रभावित भएको बताउनुभयो । उहाँले समितिको तर्फबाट यस कार्यक्रमबाट आएका सुझाव कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनुभयो । 
 
राष्ट्रिय समाचार समिति 

सम्बन्धित समाचार

  • हिमालमा दोब्बर वर्षा, तराईमा खडेरीको संकेत: सरदर मनसुनले देखायो नेपालको बदलिँदो वर्षा चक्र

    काठमाडौं | यस वर्ष नेपालमा मनसुन अवधिको समग्र वर्षा सरदरको हाराहारीमा रह्यो। तर देशभर वर्षाको

  • आन्तरिक तयारी कमजोर हुँदा नेपालको जलवायु न्यायको दाबी कमजोर

    काठमाडौं:नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु वित्त, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायुजन्य क्षति र नोक्सानीबापतको क्षतिपूर्तिको माग गर्दै

  • जलवायु संकट सामना गर्न नेपाल–भारत–चीनबीच त्रिपक्षीय संयन्त्र बनाउन भारतीय प्राध्यापकको प्रस्ताव

    काठमाडौं भारतीय प्राध्यापक अनिलकुमार महापात्राले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीच

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend