सिप सिक्दै कलम समाउने उमेरमा बन्दुक बोकाइएका रोल्पाका महिलाहरु


साथसाथै न्युज
१०, साउन २०८०
सिप सिक्दै कलम समाउने उमेरमा बन्दुक बोकाइएका रोल्पाका महिलाहरु

रोल्पा- कलम समाउने समयमा बन्दुक बोकाइएकाहरू वा परिबन्धले कलम समाउन नपाएकाहरू यतिबेला विभिन्न सिपसँगै जीविकोपार्जनमा लागेका छन्। कुनै बेला बुर्जवा शिक्षा भनेर विद्यालय छोडेर यँडेकाहरूलाई यतिबेला शिक्षाको महत्वले छोएको छ।

आफूले पढ्न नपाए पनि सन्तानको भविष्यले थिचेको हो। यतिबेला महिलाहरू गाउँमा गतिलो रोजगार नभएपछि विभिन्न सिप प्रयोग गरेर आत्म निर्भर हुने प्रयासमा छन्। घर चलाउन, उपचार अनि सन्तानको शिक्षाका खर्च जुटाउन आम्दानीको वैकल्पिक व्यवस्थाका लागि अग्रसर भएका हुन्।

कलम समाउने समयमा बन्दुक बोकाइएकाहरू वा परिबन्धले कलम समाउन नपाएकाहरू यतिबेला विभिन्न सिपसँगै जीविकोपार्जनमा लागेका छन्। कुनै बेला बुर्जवा शिक्षा भनेर विद्यालय छोडेर यँडेकाहरूलाई यतिबेला शिक्षाको महत्वले छोएको छ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ घोरखानीका महिलाहरू ढाका बुनाइलाई व्यावसायिक रूपमा सञ्चालन गरेर आय आर्जनको स्रोत बनाउने अपेक्षामा रहेका छन्।

तीन महिनासम्म सिप सिकेका उनीहरू लगनशील भएर उत्पादन गर्न सके दैनिक सहज हुने अपेक्षामा छन्। सहभागी भन्छन्, ‘स्थानीय सरकारले उद्योग अगाडि बढाउन सहयोग गरेमा गाउँमै केही गर्ने आशा छ।’ तीन पत्रको सरकारले रोजगारीमा ध्यान नदिएको स्थानीयको गुनासो आइरहँदा स्थानीय स्तरमा आत्मनिर्भर बनाउन सिप सिकाउन थालिएको हो।

मुसिकोट नगरपालिका, महिला पुनस्र्थापना केन्द्र ओरेक रुकुम र मेड्पाको संयुक्त आयोजनामा ३ महिने ढाका बुनाइ तालिम सञ्चालन गरिएको थियो। उक्त तालिममा ११ जना महिलाहरूले ढाकाको सल, साडी, ब्लाउज, गलबन्दी, बर्की लगायतका सामग्री उत्पादन गर्न सिकेका हुन्। दुर्गममा बसेर सिप सिकेका उनीहरू उत्पादन गर्न सक्षम भए पनि उद्योग खोल्न र बजारीकरणको पिरलोमा छन्।

तालिम समापन कार्यक्रममा मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीले महिलाहरूले आत्मनिर्भरताका लागि सिपमूलक कार्यमा जोड दिनुपर्ने बताए। स्थानीय उत्पादनका लागि सरकारले साथ दिने केसीले प्रतिबद्धता गरे।

वडा नम्बर ८ का अध्यक्ष जयबहादुर थापाले ढाका बुनाइलाई उद्योगका रूपमा विकास गर्न वडा सरकारले सहयोग गर्ने बताउँदै उत्पादन गरिएका ढाका बुनाइहरूलाई बजार अभाव हुन नदिने बताए।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ घोरखानीका महिलाहरू ढाका बुनाइलाई व्यावसायिक रूपमा सञ्चालन गरेर आय आर्जनको स्रोत बनाउने अपेक्षामा रहेका छन्।

ओरेकका जिल्ला संयोजक दीपा धितालले ग्रामीण क्षेत्रका महिलाहरूलाई सिप र क्षमता प्रदान गरेर आर्थिक रूपले सक्षम बनाउन तालिम सञ्चालन गरिएको बताउँदै सहभागी ११ जना महिलाहरूलाई ढाका बुनाइसँगै महिला अधिकार, घरेलु हिंसा, बाल विवाह र यसको असरलगायतका विषयमा जानकारी समेत दिइएको बताइन्। 

सम्बन्धित समाचार

  • महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन्। महिला

  • सगरमाथा आधार शिविरमा मनाइयो नारी दिवस, जलवायु न्यायका लागि ७ बुदे घोषणापत्र जारी

    कालापत्थर(सोलुखुम्बु)-११४ औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा मनाइएको छ। विभिन्न विधामा

  • बृहत् यौनिकता शिक्षा र प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न माग

    काठमाडौं- किशोरकिशोरीले बृहत् यौनिकता शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई थप प्रवद्र्धन गर्ने शिक्षा

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend