भावी पुस्ताका लागि पनि हिमाल जोगाउनुपर्छ ः अमेरिकी जलवायुविज्ञ चाल्र्स बेडफोर्ड


२१, वैशाख २०८२
भावी पुस्ताका लागि पनि हिमाल जोगाउनुपर्छ ः अमेरिकी जलवायुविज्ञ चाल्र्स बेडफोर्ड

सोलुखुम्बु-  विश्वप्रसिद्ध अमेरिकी जलवायु विज्ञ चाल्र्स बेडफोर्डले भावी पिँडीका लागि पनि हिमाल जोगाउनुपर्नेमा जोड दिनुभएको छ । सोलुखुम्बुको थामेमा साथसाथै फाउडेसनले आयोजना गरेको “आरोही सम्मेलन” लाई सम्बोधन गर्दै कार्बन ग्रोथ पार्टनर्सका निर्वतमान प्रमुख समेत रहेका चाल्र्सले यस्तो बताउनुभएको हो । जलवायु परिवर्तनको समस्या विज्ञान मात्र नभई राजनीतिक वृतको विषय भएको उल्लेख गर्दै, “अब हामी आफैं आफ्ना समाधानहरू निर्माण गर्नुपर्छ,” उहाँले भन्नुभयो । चाल्र्स बेडफोर्ड, जसले विश्वव्यापी संरक्षण र जलवायु वित्त क्षेत्रमा ३० वर्षभन्दा बढी काम गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “यो मैले भाग लिएको सबैभन्दा रोचक जलवायु सम्मेलन हो । यद्यपि भाषागत अवरोधले सबै कुरा बुझ्न सकिन, तर यहाँको प्रतिबद्धता र सकारात्मक ऊर्जा गहिरो अनुभूति भयो । ” जलवायु परिवर्तनको प्रत्यक्ष असर महिलाहरू र गरीब समुदायमा पर्ने उल्लेख गर्दै समाधानहरू निर्माणका लागि स्थानीय र क्षेत्रीय तहमा सक्रियता बढाउन चाल्र्सले आह्वान गर्नुभयो । “साँचो सुरक्षा भनेकै स्थिर जलवायु हो। रक्षा मन्त्रीज्यूले यो कुरा चाँडै बुझ्नुभएको छ, जुन अत्यन्त प्रशंसनीय छ,“ बेडफोर्डले भन्नुभयो । बेडफोर्डले पेरिस सम्झौताको धारा ६ को चर्चा गर्दै नेपालले कार्बन बजारबाट अर्बौं डलर भित्र्याउने ठूलो अवसर रहेको उल्लेख गर्नुभयो ।

उहाँले सरकारलाई नयाँ कर नीति तथा जलवायु वित्तीय संरचनालाई सुधार गर्ने, जीवाश्म इन्धनका अनुदान हटाउने, र हानी तथा क्षति कोष स्थापना गर्ने सुझाव दिनुभयो । “यी जटिल उपायहरू भए पनि यात्रा पहिलो पाइला चाल्दा नै सुरु हुन्छ भन्ने कुरा थामेका आरोहीहरूले राम्ररी बुझ्छन् । अब हामीले पनि पाइला चाल्न सुरु गर्नुपर्छ,“ उहाँले भन्नुभयो। 


हिमाली विपत्तिपछिको पुनर्निर्माण र जलवायु न्यायमा जोड

थामे गाउँ हालसालै हिमताल फुटेर आएको बाढीबाट तहसनहस भएको थियो । सम्मेलनले सो विपत्तिपछिको पुनर्निर्माण र दीर्घकालीन जलवायु न्यायका सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति निर्माताहरूको ध्यान आकर्षित गर्ने प्रयास गरेको हो । सरकारले चाँडै सगरमाथा संवाद कार्यक्रम आयोजना गर्ने तयारीमा रहेको सन्दर्भमा, साथसाथै फाउण्डेसनद्वारा आयोजित यो सम्मेलनलाई सो संवादको पूर्व तयारीको रूपमा समेत हेरिएको छ । सम्मेलनले हिमाली बस्तीहरूका आवाजलाई उजागर गर्दै नीति निर्माणमा प्रत्यक्ष प्रभाव पार्ने आशा गरिएको छ ।

सम्बन्धित समाचार

  • गोक्यो घोषणापत्र कार्यान्वयनका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराइने

    सोलुखुम्बु- जलवायु न्यायका लागि हिमाली र पर्वतीय राष्ट्रहरूको नेतृत्व नेपालले गर्नुपर्न लगायत ९ बुँदे गोक्यो

  • नेपाल कोइला बहिर्गमन कार्यक्रम घोषणा

    पाटन (ललितपुर), २२ जेठ- साथसाथै फाउन्डेसन र काठमाडौँ विश्वविद्यालयको संयुक्त पहलमा नेपाल कोइला बहिर्गमन कार्यक्रम

  • ‘सगरमाथा संवाद’को सन्देशसहित सशस्त्रका छत्यालद्वारा सगरमाथाको सफल आरोहण

    काठमाडौँ- सगरमाथा संवादको सन्देशसहित हिमाल आरोहणमा निस्कनुभएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend