'सगरमाथा संवाद'

'सगरमाथा संवाद'को पूर्व कार्यक्रम थामेमा सम्पन्न, पाँच बुँदे घोषणापत्र जारी

'सगरमाथा संवाद'


१९, वैशाख २०८२
'सगरमाथा संवाद'को पूर्व कार्यक्रम थामेमा सम्पन्न, पाँच बुँदे घोषणापत्र जारी

'सगरमाथा संवाद'

सोलुखुम्बु -  नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको 'सगरमाथा संवाद' को पूर्व कार्यक्रम सोलुखुम्बुको थामेमा सम्पन्न भएको छ ।

'साथसाथै फाउन्डेसन'ले तीनै तहका सरकारको समन्वयमा आयोजना गरेको कार्यक्रमको मंलबार उद्घाटन गर्दै रक्षामन्त्री मानवीर राईले पृथ्वी बचाउ अभियानमा सबै एकताबद्द हुनुपर्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तनका क्षेत्रमा नेपाल सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने पनि बताउनुभयो । यसैका लागि सरकारले सगरमाथा संवादको आयोजना गरेको उहाँको भनाइ थियो । 

जलवायु परिवर्तनको असरका कारण हिमताल बिस्फोट हुँदा आएको बाढीले पर्यटकीय क्षेत्र थामे बस्ती तहसनहस बनाएको स्मरण गराउँदै मन्त्री राईले थामे बस्ती पुनर्निर्माणको काम सरकारले अघि बढाउने प्रतिबद्धता जनाउनु भयो । उहाँले भन्नुभयो, 'जलवायु परिवर्तनले हामी आक्रान्त छौं, तर यसको न्यूनीकरणमा हामी सबै जुट्नुपर्छ, त्यसैका लागि सरकार अघि बढिसकेको छ ।'

कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनजन्य विपत्तिबाट प्रभावित समुदायको पुन:स्थापना र पुनर्निर्माणमा नेपाल सरकार आफैंले अग्रसता लिएर काम अघि बढाउने घोषणा गर्नुभएको छ । मन्त्री शाहीले बाढीपीडित बस्तीको पुनर्निर्माणलाई सरकारले ‘अपनत्व’ लिएको जानकारी दिँदै सरकार सधैँ खुम्बुबासीको पक्षमा रहेको बताउनुभयो । 

यसैगरी, थामेमा आयोजित कार्यक्रममा कतारकी राजकुमारी तथा सगरमाथा आरोही आस्मा अल थानीले हरेक विकासमा जलवायु क्रियाको मुद्दालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो । 'हिमालमा हिउँ रित्तिँदै गएको महसुस भइरहेको छ, हरेक वर्ष हिमालमा हिउँ घट्दै जानु भनेको ठूलो खतराको संकेत हो, यसको न्यूनीकरणमा हामी सबै जुटौं,' थामेजस्ता बाढीपीडित क्षेत्रको पुनर्निर्माणमा नेपालले मात्र नभई विश्व समुदाय जुट्नुपर्ने थानीको भनाइ छ । 

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले थामेको पुनर्निर्माण, पुनर्स्थापना र परिपूरणका लागि सबै तहको सरकार योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने सुझाव दिनुभयो । 

यस्तै, टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले पर्यटन पूर्वधार विकास तथा क्षतिग्रस्त संरचना निर्माणका लागि ढिला भइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । थामे खोलामा आएको बाढीले सगरमाथा क्षेत्रको पर्यटकीय संरचनाहरु ध्वस्त भएकाले यसको निर्माणमा चाँडोभन्दा चाँडो जुट्न उहाँले सरकारलाई आग्रह गर्नुभयो ।  

साथसाथै फाउन्डेसनकी अध्यक्ष समेत रहेकी जलावायु न्यायकी अभियान्ता प्रजिता कार्कीले जलवायु परिवर्तन सम्बन्धी कार्यक्रमहरु प्रभावित क्षेत्रमै पुगेर गर्दा फलदायी हुने बताउनुभयो । 'पृथ्वी बच्यो भने मात्रै प्राणी जगतको अस्तित्व सम्भावना हुने भएकाले अब पृथ्वीको न्यायका लागि सबै सशक्त हुनुपर्ने दिन आएको छ,' उँहाले भन्नुभयो । 

खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बाढी प्रभावितका लागि राहत र पुनर्निर्माणका लागि स्थानीय सरकार अहोरात्र खटिएको बताउनुभयो । अन्तराष्ट्रिय पत्रकार महासंघका कार्यकारी सदस्य बद्री सिग्देलले खुम्बुजस्तो विकट क्षेत्रमा सरकारका मन्त्रीहरु आफैं उपस्थित भएर जनगुनासो सुन्नु सकारात्मक भएको बताउनुभयो । 

नेपाल पत्रकार महासंघ सोलुखुम्बुका सुवास दर्नालले सगरमाथासहितका हिमालको सुरक्षा, हिमशृङ्खलाको अस्तित्व र पृथ्वीको सन्तुलनको निम्ति सबै पत्रकार एकठाउँमा उभिनुपर्नेमा जोडदिनुभयो । 

सम्मेलनमा आरोही, जनप्रतिनिधि, पत्रकार, सरकारी अधिकारी र स्थानीयबासीसहितका व्यक्तिहरुसँग भएको छलफल र संवादपछि पाँच बुँदे साझा घोषणापत्र थामेबाट जारी गरिएको छ । उक्त घोषणा पत्रमा थामेसहितका बाढीपहिरो पीडितका मुद्दालाई आगामी जेठ २ गते हुने 'सगरमाथा संवाद'मा प्राथमिकताका साथ उठान गर्नुपर्ने र त्यसका लागि सबै आरोहीहरु एकजुट हुनुपर्ने उल्लेख छ ।

सम्बन्धित समाचार

  • कोप–३१ मा हिमालदेखि जलवायु न्यायसम्मका मुद्दा उठाउने नेपालको तयारी

    काठमाडौं, कात्तिक १३। नेपालले आगामी नोभेम्बरमा टर्किएमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप३१)

  • अत्यधिक गर्मीको चपेटामा बेलायतका सडक, तीन वर्षमा कालोपत्रे बिग्रिने घटना ६७ प्रतिशत बढ्यो

    काठमाडौं, असोज १२ अत्यधिक गर्मीका कारण बेलायतका सडकमा कालोपत्रे नरम भएर बिग्रिने तथा सवारीसाधनको

  • विश्वमञ्चबाट बालेनको सन्देश– ‘पशुपतिनाथले विश्वको कल्याण गरून्, बुद्धको बाटोमा विश्व हिँडोस्’

    न्युयोर्क, असोज ९ प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभाको विश्वमञ्चबाट नेपालको जलवायु संकट र

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend