जलवायु परिवर्तनले महिला र बालबालिकामा गहिरो असर, नीतिगत परिवर्तनको माग


१३, कात्तिक २०८१
जलवायु परिवर्तनले महिला र बालबालिकामा गहिरो असर, नीतिगत परिवर्तनको माग

काठमाडौँ -  जलवायु परिवर्तनले महिला र बालबालिकामा गम्भीर प्रभाव पारिरहेको भन्दै जानकारहरूले चिन्ता व्यक्त गरेका छन्। गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महिला विभागले आयोजना गरेको 'क्लाइमेट चेन्ज एण्ड इट्स इफेक्ट अन वुमेन एण्ड चिल्ड्रेन' शीर्षकको सत्रमा सहभागी वक्ताहरूले जलवायु परिवर्तनले ग्रामीण र निम्न आय भएका समुदायका महिला र बालबालिकामा पारेको नकारात्मक असरबारे छलफल गरेका छन्।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहसुडीले जलवायु परिवर्तनबाट प्रभावित महिला र बालबालिकालाई सम्बोधन हुने गरी नीति निर्माणको प्रतिबद्धता जनाउँदै भन्नुभयो, "नेपाल जलवायु परिवर्तनबाट गम्भीर रूपमा प्रभावित भएको छ। विपदका कारण महिलाको घरायसी जीवन र बालबालिकाको स्वास्थ्य जोखिममा परेको छ। यसलाई सम्बोधन गर्न जोखिम न्यूनिकरण, महिला सशक्तिकरण र समावेशी नीतिहरू संसदमा लैजान म प्रतिबद्ध छु।"

कार्यक्रममा उपसभामुख इन्दिरा रानाले जलवायु परिवर्तनको असर चौतर्फी रूपमा परेको उल्लेख गर्दै पहाडी क्षेत्रमा बसोबास गर्ने महिलाहरूलाई पानी र खाद्य संकटले चुनौती दिएको बताउनुभयो। उहाँले जलवायु परिवर्तनसँग जुध्न स्थानीयस्तरमा पूर्वतयारी आवश्यक भएको र अरब राष्ट्रहरूबाट प्राप्त हुने अनुदानलाई वास्तविक पीडित समुदायमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायले जलवायु परिवर्तनले विशेष रूपमा महिलामाथि असर पारेको र उनीहरूलाई घरायसी जिम्मेवारीले अझ बढी पीडा झेल्न बाध्य बनाएको बताउनूभयाे। राज्यका प्रविधिहरू महिलाका आवश्यकतालाई सम्बोधन गर्न नसकेको र प्राकृतिक विपदका कारण महिलाको रोजगारी गुमेको उहाँले बताउनुभयो।

सत्रको अध्यक्षता गर्नुभएकी एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् महिला उपाध्यक्ष रोजिना प्रधानले जलवायु परिवर्तनको असरको प्रभाव महिला र बालबालिकामा प्रत्यक्ष रूपमा परेको भन्दै तत्काल कदम चाल्नुपर्नेमा जोड दिनुभयो। उहाँले विकसित राष्ट्रहरूले नेपालजस्ता विकासशील मुलुकलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याउँदै आगामी कोप सम्मेलनमा नेपालले जलवायु चुनौतीमा न्यायको माग गर्ने प्रतिबद्धता जनाउनूभयाे।

सत्रमा सहभागी पूर्वमन्त्री डा. विमला राई पौड्यालले जलवायु परिवर्तनले नेपाललाई आर्थिक, सामाजिक, र भौगोलिक रूपमा असर पारेको र यसले नेपालको जीडीपीमा समेत नकारात्मक प्रभाव पारेको बताइन्। उहाँले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पर्न छोडेको, पानीको स्रोत सुक्दै गएको र ग्रामिण महिलाहरू विस्थापित हुनुपर्ने अवस्था आएको बताउँदै जलवायु परिवर्तनले अवसरसमेत सँगै ल्याएको हुँदा यसको उचित सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो।

महिला आयोगकी अध्यक्ष कमला पराजुलीले जलवायु परिवर्तनबाट विकासउन्मुख मुलुकले धेरै असर झेल्नुपरेको, महिला र बालबालिका थप पीडित भएको बताउनुभयो।

मानव अधिकार आयोगका सदस्य लिली थापाले जलवायु परिवर्तन असरको विषय निरन्तर बहस गर्नुपर्ने बताउनुभयो । संयुक्त राष्ट्रसंघको तथ्यांकले पनि २०२५ पछि सबैभन्दा धेरै जलवायु परिवर्तनको असर महिला र बालबालिका पर्ने देखाएको भन्दै अबका खाद्यान्न अभाव र भोकमरीको मारमा पनि महिलाहरु पर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूमा साथसाथै संस्थाका अध्यक्ष प्रजिता कार्की, युरोप संयोजक प्रसुना कँडेल, महिला संयोजक इन्दिरा त्रिपाठी, र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सत्रमा जलवायु परिवर्तनको असरसँग जुध्न महिलाको नेतृत्वलाई सशक्त बनाउनुपर्ने, नीतिगत परिवर्तन गर्नुपर्ने र विभिन्न तहका सरकार तथा निजी क्षेत्रले सहकार्य गरेर वातावरणमैत्री कार्यहरू अघि बढाउनुपर्ने निष्कर्ष निकालिएकाे थियाे ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् महिला सचिव राधिका (टिका) गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

464312243_8584017551708785_3594532738038081493_n.jpg

 

464907299_8584013651709175_7354731643136737215_n.jpg

 

 

सम्बन्धित समाचार

  • गोक्यो घोषणापत्र कार्यान्वयनका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराइने

    सोलुखुम्बु- जलवायु न्यायका लागि हिमाली र पर्वतीय राष्ट्रहरूको नेतृत्व नेपालले गर्नुपर्न लगायत ९ बुँदे गोक्यो

  • नेपाल कोइला बहिर्गमन कार्यक्रम घोषणा

    पाटन (ललितपुर), २२ जेठ- साथसाथै फाउन्डेसन र काठमाडौँ विश्वविद्यालयको संयुक्त पहलमा नेपाल कोइला बहिर्गमन कार्यक्रम

  • ‘सगरमाथा संवाद’को सन्देशसहित सशस्त्रका छत्यालद्वारा सगरमाथाको सफल आरोहण

    काठमाडौँ- सगरमाथा संवादको सन्देशसहित हिमाल आरोहणमा निस्कनुभएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend