काठमाडौं -संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले शाकाहारी खानेकुराले जलवायु परिवर्तनका नकारात्मक प्रभावससँग जुध्न मद्दत गर्ने बताएका छन्।
भूमि प्रयोग र जलवायु परिवर्तनसम्बन्धी एउटा प्रमुख प्रतिवेदनले पश्चिमा मुलुकहरूमा हुने मासु र दुग्ध उत्पादनको ठूलो खपतले विश्वको तापमान बढाइरहेको बताएको छ।
तर वैज्ञानिक र अधिकारीहरूले सबैलाई शाकाहारी बन्न अनुरोध भने गरेका छैनन्। उनीहरूले मानिसहरूले मासु कम खाएमा थोरै जमिनको प्रयोग गरेर हुने कृषि उत्पादनले धेरै मानिसहरूलाई खुवाउन सकिने बताएका छन्।
संसारका १०७ वैज्ञानिकहरूले राष्ट्रसङ्घको इन्टरगर्भर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज,आईपीसीसी, का लागि तयार पारेको प्रतिवेदनले भूमिलाई प्रभावकारी उपयोग गरे यसले मानवले उत्सर्जन गर्नेभन्दा धेरै कार्बन सोस्न सक्ने बताइएको छ।
यो प्रतिवेदन स्वीट्जरल्याण्डको जेनेभामा भएको एक छलफलपछि अन्तिम रूपमा आएको हो। ‘हामी मानिसहरूलाई मासु नखानु भनिरहेका छैनौँ। केही स्थानमा अरू विकल्प नै छैन। तर पश्चिममा हामी धेरै नै मासु खाइरहेका छौँ’ वातावरण वैज्ञानिक प्राध्यापक पिट स्मिथले बताए।
सो प्रतिवेदनले जलवायु परिवर्तनका कारक भूक्षय र मरुभूमिकरण रोक्न जोडदार कार्य गर्न अनुरोध गरेको छ। जलवायु परिवर्तन हाम्रो आहारा आपूर्तिको सुरक्षाका लागि खतरा हो। बढ्दो तापक्रम, बढ्दो वर्षा र मौसमसम्बन्धी प्रतिकूल अवस्थाहरूका कारण बाली र वस्तुभाउलाई असर परिरहेको छ।
तर खानेकुरा उत्पादनले पनि विश्व तापमानलाई असर गरिरहेको छ। कृषि र वनकार्यबाट एक तिहाइ हरित ग्यास उत्सर्जन हुन्छ। वस्तुभाउले पनि मिथेन ग्यास उत्सर्जन गर्छन् जसले विश्वको तापमान बढाउँछ।
मासु उत्पादनको वातावरणीय असर धेरै शाकाहारीहरूका लागि महत्त्वपूर्ण छ। ब्रिटेनमा नोबिफ भन्ने एक समूह क्याटरिङ सेवाहरूलाई मासुका परिकार हटाउन अनुरोध गर्छ। अमेरिकामा शाकाहारी बर्गरहरू मासुजस्तै स्वाद आउने वनस्पती उत्पादनबाट बनाइन्छ।
कम्प्यासन इन वर्ल्ड फार्मिङ का पिटर स्टेभेन्सन भन्छन्स् ‘जलवायुका सम्बन्धमा हाम्रो लक्ष्य प्राप्त गर्ने हो भने मासुको खपत कम गर्नै पर्छ।’ तर चीनसहित केही स्थानहरूमा मासुको खपत बढिरहेको छ।
मानवीय गतिबिधिका कारण उत्सर्जन गर्ने अतिरिक्त कार्बन ग्यासले विशेषगरि उत्तरी गोलार्धामा वनजङ्गलका लागि सहयोगी हुन्छ। यसले पनि जलवायु परिवर्तन गर्न सहयोग गर्छ तर यो सबै सन्तुलनमा भर पर्छ। विज्ञहरूका अनुसार यदि पृथ्वी धेरै तात्यो भने यो सम्भावना कम हुन्छ।
प्रतिवेदनका अनुसार भूमध्यरेखा नजिकका स्थानमा तापक्रमको परिवर्तनले वनस्पतिहरू हराउन थालिसकेका छन्। जलवायु प्रणालीबाट माटोलाई कहिलेकाहीँ वास्ता गरिदैँन तर माटो समुन्द्रपछि दोस्रो ठूलो कार्बन भण्डारण गर्ने वस्तु हो।
वनस्पतिले हावाबाट सोसेका कार्बन डाइअक्साइडहरूलाई माटोमा भण्डार गर्छन्। तर वनविनाश र नराम्रो कृषि अभ्यासले माटोको क्षमता कम गर्छन्। भूक्षय हुँदा कार्बन हावामा फर्किन्छ। जलवायु परिवर्तनले यो कार्यलाई तीब्र बताउँछ।
‘बढी प्रयोगले माटोको क्षयिकरण भइरहेको स्पष्ट छ र त्यसले जलवायु परिवर्तनलाई अझ नराम्रो बनाउँदै छ’ प्राध्यापक स्मिथ भन्छन्। ‘भूमि समस्याको अंश हो तर यदि यसलाई विचार गरेर सही प्रयोग गर्ने हो भने यो समाधानको अंश पनि हो।’
मानिसले भूमि प्रयोग गर्ने तरिका परिवर्तन गर्ने कुरा सहज छैन किनभने यसले कृषिकार्यमा ठूलो परिवर्तन खोज्छ। तर पनि वैज्ञानिकहरूले यस्ता सुझाव दिएका छन्ः
वनजङ्गल जोगाउने
रातो मासु कम खाने र हरियो तरकारी धेरै खाने
बालीको बीचमा रुख रोप्ने
बालीको प्रकार सुधार गर्ने
जलवायु परिवर्तनसँग लड्न शाकाहारी खानेकुराको महत्व निकै ठूलो छ। यहाँ केही कारणहरू छन् जसले शाकाहारी भोजनलाई जलवायु परिवर्तनको सन्दर्भमा प्रभावकारी बनाउँछ:
ग्रीनहाउस ग्यास उत्सर्जन घटाउँछ: मासु उत्पादन गर्दा ठूलो मात्रामा ग्रीनहाउस ग्यासहरू (जस्तै: मिथेन, नाइट्रस अक्साइड) उत्सर्जन हुन्छन्। शाकाहारी खाना अपनाउँदा यी उत्सर्जनहरू कम हुन्छन्।
कम पानीको खपत: मासु उत्पादनमा धेरै पानीको खपत हुन्छ। एउटा अध्ययन अनुसार, १ किलो मासु उत्पादन गर्न करिब १५,००० लिटर पानी लाग्छ, जबकि १ किलो गहुँ उत्पादन गर्न करिब १,५०० लिटर पानी मात्र लाग्छ।
कम जमिनको उपयोग: पशुपालनमा धेरै जमिनको आवश्यकता पर्छ। मासु उत्पादनका लागि जमिन, पानी, र अन्य स्रोतहरू धेरै खपत हुन्छन्। शाकाहारी खाना उत्पादन गर्दा यो खपत कम हुन्छ र जमिनको प्रयोग बढी कुशल हुन्छ।
वन विनाश रोक्न सहयोगी: पशुपालनका लागि वन क्षेत्रलाई कृषि योग्य बनाइन्छ, जसले वन विनाश निम्त्याउँछ। वन विनाशले कार्बन डाइअक्साइडको अवशोषण क्षमतामा कमी ल्याउँछ। शाकाहारी खाना अपनाउँदा वन विनाश रोक्न मद्दत पुग्छ।
प्राकृतिक स्रोतहरूको बचत: शाकाहारी भोजनले पृथ्वीका प्राकृतिक स्रोतहरूको सन्तुलित प्रयोग गर्न मद्दत गर्दछ। यसले दीर्घकालीन रूपमा प्रकृतिको संरक्षणमा योगदान पुर्याउँछ।
शाकाहारी खाना अपनाउँदा व्यक्ति व्यक्तिगत रूपमा जलवायु परिवर्तनसँग लड्न सक्दछन्। यो स्वस्थ, सस्तो र वातावरणमैत्री विकल्प पनि हो।
बीबीसी