यूएन फोरममा सोबिताको सम्बोधन : नेपालले धेरै पहिलेदिख जलवायु परिवर्तनको असर भोगिरहेको छ।


१, जेठ २०८१
यूएन फोरममा सोबिताको सम्बोधन : नेपालले धेरै पहिलेदिख जलवायु परिवर्तनको असर भोगिरहेको छ।

काठमाडौं-   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले नेपालीहरूले आफूले कहिल्यै भोग नगरेको विलासिताको मूल्य चुकाउनुपरेको बताएकी छन् ।

राष्ट्रसंघीय एसिया प्यासिफिक आर्थिक र सामाजिक आयोग (यूएनइस्केप) ले बैंककमा आयोजना गरेको दुई दिने फेमिनिष्ट फोरममा सहभागिता जनाउँदै सांसद गौतमले जलवायु परिवर्तनबाट नेपालमा परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे आवाज उठाएकी हुन् ।

नेपालले धेरै पहिलेदिख जलवायु परिवर्तनको असर भोगिरहेको स्मरण गराउँदै सांसद गौतमले विकसित राष्ट्रले हामीजस्तो जलवायु संकट सामना गरिरहेको राष्ट्रलाई हेर्न ढिला भएको धारणा राखिन् ।

‘विकसित राष्ट्रले औद्योगिक क्रान्ति, प्रविधिको विकास गरुन, तर हामीजस्तो देशलाई पनि ख्याल गर्नुपर्‍यो’ उनले भनिन्, ‘नेपालीहरुले कहिल्यै भोग नगरेको विलासीताको मूल्य चुकाउनुपरेको छ । हामी बाढीपहिरो, हिमपहिरो, हिमाल पग्लिने लगातार मारमा छौं ।’

संयुक्त राष्ट्रसंघीय फोरममा सांसद गौतमले जलवायु परिवर्तनबाट नेपाली महिलाले भोग्नेपरेको असर र वित्तीय अनुदानको पहुँचको विषयमा धारणा राखिन् ।

फोरममा दुबईमा कोप(२८ मा विकसित देशहरुले जलवायु परिवर्तनबाट प्रभावित देशहरुलाई क्षतिपूर्तिका लागि स्थापना गरिएको ‘लस एण्ड ड्यामेज फण्ड’ लाई कसरी व्यवहारिक कार्यान्वयन गर्न सकिन्छ भन्ने बारे छलफल भएको उनले जानकारी दिइन् ।

विभिन्न देशका चार सय प्रतिनिधि सहभागी फोरममा सांसद गौतमलले राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले नेपाल भ्रमण गरेर नेपालका हिमालको कहालीलाग्दो अवस्थाबारे दिएको अभिव्यक्ति स्मरण गराएकी थिइन् । ‘हामीले यहाँ लस एण्ड ड्यामेजको चर्चा गर्नुभन्दा पहिला नेपालमा जलवायु संकट कति छ भन्ने बुझ्न जरुरी छ,’ उनले भनिन्, ‘युएनको महासचिवले नेपालको जलवायु परिवर्तनबारे हाम्रै संसदमा आएर सम्बोधन गर्नुभएको हो । पछि कोप २८ मा पनि उहाँले नेपालको हिमाल रोइरहेको छ भन्नुभयो ।’

सांसद गौतमले जलवायु परिवर्तनको मारमा परेको मेलम्ची खानेपानी आयोजनाको उदाहरण पनि प्रस्तुत गरिन् । ‘९५ प्रतिशत काम सकिसक्यो । ३० वर्षको सपना आयो आयो भनिरहेका छौं । २०२१ मा ठूलो बाढी गयो, सबै भत्काएर सिद्धियो,’ उनले भनिन् ।

उनले संसारको एउटा कुनामा विकसित राष्ट्रहरुले औद्योगिक क्रान्ति गर्दा त्यसको असर अर्को कुनामा कति धेरै परिरहेको छ भन्नेमा जोड दिइन् । उनले भनिन्,  ‘काठमाडौंमा खानेपानी खान पाएका छैनौं । मेलम्चीबासीको घरबार गयो । काठमाडौंबासीको सपना गयो ।’

विकसित राष्ट्रले अब जलवायुमैत्री दिगो विकास गरिदिनुपर्ने उनको भनाइ थियो । ‘र लस एण्ड ड्यामेज फण्ड क्रियट हुनपर्‍यो,त्यसमा योगदान पनि हुनपर्‍यो, त्यो योगदान हामीलाई ऋणको रुपमा दिने होइन, निशर्त अनुदान दिनुपर्छ,’ सांसद गौतमले भनिन् ।

 

सम्बन्धित समाचार

  • ‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

    काठमाडौँ - काठमाडौँ उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको वायु बर्खायाममा बाहेक अन्य समयमा

  • माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध

    चितवन, ४ असारः यहाँको माडी नगरपालिकाले प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ । पालिकाको ४३

  • ‘जलवायु चेतना प्रभावकारी बनाउन एकीकृत प्रयास आवश्यक’

    काठमाडौँ- नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले पछिल्लो समय जलवायु परिवर्तनसम्बन्धी चेतना जनस्तरसम्म बढ्दै गएको

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend