खडेरीले बारामा दक्षिणी भागमा रोपाइँ भएन


साथसाथै न्युज
२१, वैशाख २०८१
खडेरीले बारामा दक्षिणी भागमा रोपाइँ भएन

बारा- चैतभित्रै किसानले चैतेधान रोपाइँ सम्पन्न गरिसक्नुपर्नेमा लामो समयदेखिको खडेरीले गर्दा जिल्लामा करिब ६० प्रतिशत मात्र  रोपाइँ भएको छ । 

कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहका अनुसार जिल्लाको उत्तरी क्षेत्रका किसान आफैँले सिँचाइको व्यवस्था गरी यस वर्ष १६ हजार हेक्टरमा हर्दिनाथ–१, चैते–१, चैते–२, चैते–४ जातको धान रोपेका छन् ।  दक्षिणी क्षेत्रका किसानले खडेरीले गर्दा रोपाइँ गर्न सकेको छैनन् ।

भदैया, अग्हनी धानको उत्पादकत्वभन्दा चैतेधानको उत्पादन बढी हुने भएकाले चैतेधान खेतीतर्फ किसान बढी आकर्षित हुने गरेका छन् । गत वर्ष किसानले कुल १६ हजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरी प्रतिहेक्टर पाँच मेट्रिक टन उत्पादन गरेका थिए।


 (रासस)

सम्बन्धित समाचार

  • हिमालमा दोब्बर वर्षा, तराईमा खडेरीको संकेत: सरदर मनसुनले देखायो नेपालको बदलिँदो वर्षा चक्र

    काठमाडौं | यस वर्ष नेपालमा मनसुन अवधिको समग्र वर्षा सरदरको हाराहारीमा रह्यो। तर देशभर वर्षाको

  • आन्तरिक तयारी कमजोर हुँदा नेपालको जलवायु न्यायको दाबी कमजोर

    काठमाडौं:नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु वित्त, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायुजन्य क्षति र नोक्सानीबापतको क्षतिपूर्तिको माग गर्दै

  • जलवायु संकट सामना गर्न नेपाल–भारत–चीनबीच त्रिपक्षीय संयन्त्र बनाउन भारतीय प्राध्यापकको प्रस्ताव

    काठमाडौं भारतीय प्राध्यापक अनिलकुमार महापात्राले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीच

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend