जलवायु परिवर्तनको असर

गोरखाको वीरेन्द्र तालमा हिमपहिरो

एउटा पुल बगायो, स्थानीयलाई सजग हुन आग्रह


साथसाथै न्युज
९, वैशाख २०८१
गोरखाको वीरेन्द्र तालमा हिमपहिरो

काठमाडौं- गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित वीरेन्द्र ताल क्षेत्रमा हिउँपहिरो खसेको छ। वीरेन्द्र तालमा खसेको हिमपहिरो कारण सामागाउँबाट साम्दो जाने पैदलमार्गको काठेपुल पनि बगाएको वडा सदस्य धेजेन लामाले जानकारी दिइन्।

‘लामो समयसम्म जमेर बसेको हिउँ तालमा खसेपछि बहाब बढेको छ, एउटा पुल पनि बगायो,’ उनले भनिन्,‘सानो–सानो पहिरो त पहिले पनि खसिरहन्थ्यो, आज अल्ली ठूलै पहिरो खसेको छ।’

मौसम परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा जमेको ‘आइस’ खसेको उनले बताइन्। पहिरो पछि तालबाट बग्ने पानीको बाहब बढेकोले बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई पनि सजक रहन आग्रह गरिएको उनले बताइन्। वीरेन्द्र तालबाट बग्ने पानी साविकको भन्दा बढेको छ।

सामागाउँ प्रहरी चौकिबाट प्रहरी टोली वीरेन्द्र ताल क्षेत्रमा जाँदै छ। पुल बगाएपछि बाटो अवरुद्ध भएको खबर आएको प्रहरीले जनाएको छ। अहिले मनास्लु क्षेत्र भम्रणको सिजन पनि हो।

सम्बन्धित समाचार

  • कोप–३१ मा हिमालदेखि जलवायु न्यायसम्मका मुद्दा उठाउने नेपालको तयारी

    काठमाडौं, कात्तिक १३। नेपालले आगामी नोभेम्बरमा टर्किएमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप३१)

  • अत्यधिक गर्मीको चपेटामा बेलायतका सडक, तीन वर्षमा कालोपत्रे बिग्रिने घटना ६७ प्रतिशत बढ्यो

    काठमाडौं, असोज १२ अत्यधिक गर्मीका कारण बेलायतका सडकमा कालोपत्रे नरम भएर बिग्रिने तथा सवारीसाधनको

  • विश्वमञ्चबाट बालेनको सन्देश– ‘पशुपतिनाथले विश्वको कल्याण गरून्, बुद्धको बाटोमा विश्व हिँडोस्’

    न्युयोर्क, असोज ९ प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभाको विश्वमञ्चबाट नेपालको जलवायु संकट र

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend