संसद्‌मा जलवायु परिवर्तनबारे बहसका लागि समय छुट्याउन माग 


साथसाथै न्युज
१८, चैत २०८०
संसद्‌मा जलवायु परिवर्तनबारे बहसका लागि समय छुट्याउन माग 

काठमाडौं- प्रतिनिधि सभामा जलवायु परिवर्तनसम्बन्धी बहस चलाउनका लागि समय छुट्याउन माग गरिएको छ।

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासम्बन्धी सम्झौता फ्रेमवर्कमाथि सामान्य छलफल गरियोस् भन्‍ने प्रस्तावमा भाग लिँदै जलवायु परिवर्तनसम्बन्धी बहसका लागि समय छुट्याउनुपर्ने माग गरेका हुन्। 

उनले भने, 'सदनमा केही समय छुट्ट्याएर जलवायु परिवर्तनका विषयमा बहस गरौं। संसद्‌मा तीनदेखि चार घण्टा जलवायु परिवर्तनसम्बन्धी बहस गरौं।' 

उनले जलवायु परिवर्तनसम्बन्धी छलफललाई बृहत्तर बनाउन लुज फोरम बनाउनुपर्नेसमेत माग गरेका छन्। उनले थपे, 'संसद्‌मा एउटा जलवायु परिवर्तनसम्बन्धी एउटा लुज फोरम बनाएर जाने दिशातिर पनि ध्यान दिउँ।' 

 २०३० सम्म सौर्य उर्जामा १००० बिलियन डलर लगानी गरेर एक अर्ब मानिसलाई स्वच्छ उर्जा प्रदान गर्ने लक्ष्य हासिल गर्ने फ्रेमवर्कलाई समर्थन गर्नेसमेत उनले जनाएका छन्। 

 

 

 

 

 

सम्बन्धित समाचार

  • हिमालमा दोब्बर वर्षा, तराईमा खडेरीको संकेत: सरदर मनसुनले देखायो नेपालको बदलिँदो वर्षा चक्र

    काठमाडौं | यस वर्ष नेपालमा मनसुन अवधिको समग्र वर्षा सरदरको हाराहारीमा रह्यो। तर देशभर वर्षाको

  • आन्तरिक तयारी कमजोर हुँदा नेपालको जलवायु न्यायको दाबी कमजोर

    काठमाडौं:नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु वित्त, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायुजन्य क्षति र नोक्सानीबापतको क्षतिपूर्तिको माग गर्दै

  • जलवायु संकट सामना गर्न नेपाल–भारत–चीनबीच त्रिपक्षीय संयन्त्र बनाउन भारतीय प्राध्यापकको प्रस्ताव

    काठमाडौं भारतीय प्राध्यापक अनिलकुमार महापात्राले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीच

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend