महिलामैत्री नीति र कानुन निर्माणका लागि निरन्तर भूमिका खेल्नेछु : देउवा


साथसाथै न्युज
२५, फागुन २०८०
महिलामैत्री नीति र कानुन निर्माणका लागि निरन्तर भूमिका खेल्नेछु : देउवा

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत साधन समिति सभापति डा आरजु राणा देउवाले महिलामैत्री नीति र कानुन निर्माणका लागि संसदमा क्रियाशील रहने बताएकी छन्। 

महिला हक अधिकारका लागि लामो समयदेखि पैरवी गर्दै आएकी कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी सांसद देउवाले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुक्रबार एक विज्ञप्ति जारी गर्दै सूचना प्रविधिमा महिलाको पहुँच स्थापित गर्न नीतिगत सुधारमा क्रियाशील रहने बताएकी हुन्। प्रतिनिधि सभा सदस्यको हैसियतमा मैले व्यक्तिगत रूपमा महिला मैत्री नीति र कानुनलाई सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछु। 

प्रविधिको पहुँचमा लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने र डिजिटल क्षेत्रमा महिलाको आवाज सुनिने गरी नीतिगत सुधारमा काम गर्नेछु उनले भनेकी छन्, आजको दिन ग्रामीण र सीमान्तकृत समुदायका महिलाहरूको प्रविधि साक्षरता बढाउँदै सूचना प्रविधिको क्षेत्रमा उनीहरूको पहुँच पुर्याउने नीतिगत सुधारमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु। महिला सशक्तीकरणको विषय केवल महिलाको मात्र मुद्दा होइन। यसका लागि महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका आवश्यक पर्दछ।

उनले विश्वभर आज पनि महिलामाथि कुनै न कुनै प्रकारका विभेदहरू कायमै रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका अवसरमा महिलाहरूको पहुँच अझै पनि सन्तुष्ट हुने स्तरमा पुग्न नसकेको बताएकी छन्। महिलाहरूले कार्यस्थलमा विभेदका साथै समान अवसरहरुका क्षेत्रमा बाधा र भेदभाव भोग्दै आएका छन्। तर हामी सबैले हातेमाले गरेर यी चुनौतिहरु पन्छाउदै जानुपर्ने छ। आपसी सहकार्यबाट महिलाका लागि विभिन्न क्षेत्रमा भएका अवरोधहरु तोड्न सबै लागि पर्नुपर्ने अवस्था छ, कृषि समिति सभापति देउवाले भनेकी छन्। 

विकसित मुलुकहरूको तुलनामा नेपाली नारीहरूले आधारभूत आवश्यकतामै विभेद र शोषण भोग्दै आएको उनको दावी छ। उनीहरूलाई न्याय र समानता दिलाउने उद्धेश्य हामी सम्पूर्ण नारीहरूको मात्रै नभई नारी र पुरूष दुवैको हो। महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न संविधान र कानुनमार्फत अभ्यासमा आएका छन्, विज्ञप्तिमा भनिएको छ, नेपाली नारीहरुले आफुले पाएका अवसरमा सफलता प्रमाणित गरिसकेका पनि छन्। हामी महिलाहरू परिवार, समुदाय र राष्ट्रकै नेतृत्वकर्ता हौं। महिलाहरू समाजका हरेक क्षेत्रमा सफल हुँदै आएको हाम्रो गौरवमय इतिहास पनि छ। यद्यपि, हामीले अझै पनि धेरै काम गर्न बाँकी छ। आज अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ।

सम्बन्धित समाचार

  • महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन्। महिला

  • सगरमाथा आधार शिविरमा मनाइयो नारी दिवस, जलवायु न्यायका लागि ७ बुदे घोषणापत्र जारी

    कालापत्थर(सोलुखुम्बु)-११४ औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा मनाइएको छ। विभिन्न विधामा

  • बृहत् यौनिकता शिक्षा र प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न माग

    काठमाडौं- किशोरकिशोरीले बृहत् यौनिकता शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई थप प्रवद्र्धन गर्ने शिक्षा

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend