कालापत्थरमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने महिला टोली दिङ्बुचे पुग्यो


साथसाथै न्युज
२३, फागुन २०८०
कालापत्थरमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने महिला टोली दिङ्बुचे पुग्यो

काठमाडौं  -  सगरमाथा आधार शिविरमा मनाइने अन्तरास्ट्रिय नारी दिवसको तयारी तिब्र पारिएको छ । मार्च ८ तारिखका दिन विश्व कै अग्लो स्थानमा हुन लागेको नारी दिवस कार्यक्रमका लागि व्यवस्थापनको काम भइरहेको आयोजक समितिले जनाएको छ ।

जसका लागि विभिन्न क्षेत्रका महिला अधिकारकर्मी तथा अभियान्ताहरु दिङ्बुचे आइपुगेका छन् । उक्त टोलीलाई आज बुधवार खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले दिङबुचेमा खादा लगाइ स्वागत गरेकी हुन् ।

साथसाथै फाउन्डेसनले आयोजना गरेको कार्यक्रमले विश्व समुदायमा सकारात्मक सन्देश प्रवाह हुने गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताइन् ।

सहभागी महिलासहितका टोलीलाई चार हजार चार सय दस मिटरको उचाइमा गरिएको उक्त स्वागत कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनको असरबाट हिमाली महिलाहरू बढी पीडित रहेकाले आधारशिविरमा दिवस मनाउन लागेको बताइन् ।

जसबारे विश्व समुदायको ध्यान खिच विभिन्न क्षेत्रका राष्ट्रिय तथा अन्तरास्ट्रिय ख्याति प्राप्त महिलाहरुलाई आधार शिविरमा उतार्न लागेको उनको भनाइ छ । 

अभियानमा मधेसी आयोगका सदस्य रेणुदेबी शाह, जिल्ला न्यायाधीश अबनी मैनाली भट्टराईसहित २२ जनाको टोली सहभागी रहेका छन् ।

सम्बन्धित समाचार

  • हिमालमा दोब्बर वर्षा, तराईमा खडेरीको संकेत: सरदर मनसुनले देखायो नेपालको बदलिँदो वर्षा चक्र

    काठमाडौं | यस वर्ष नेपालमा मनसुन अवधिको समग्र वर्षा सरदरको हाराहारीमा रह्यो। तर देशभर वर्षाको

  • आन्तरिक तयारी कमजोर हुँदा नेपालको जलवायु न्यायको दाबी कमजोर

    काठमाडौं:नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु वित्त, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायुजन्य क्षति र नोक्सानीबापतको क्षतिपूर्तिको माग गर्दै

  • जलवायु संकट सामना गर्न नेपाल–भारत–चीनबीच त्रिपक्षीय संयन्त्र बनाउन भारतीय प्राध्यापकको प्रस्ताव

    काठमाडौं भारतीय प्राध्यापक अनिलकुमार महापात्राले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीच

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend