अन्तर्राष्ट्रिय महिला दिवस २०२४

कालापत्थर पदयात्रामा हिँडेका महिलालाई खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्षको स्वागत 


साथसाथै न्युज
२३, फागुन २०८०
कालापत्थर पदयात्रामा हिँडेका महिलालाई खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्षको स्वागत 

काठमाडौं- जलवायु परिवर्तनले हिमाल पग्लिएर स्थानीयमा पारेको असर र पुर्‍याएको क्षतिका विषयमा ध्यानाकर्षण गराउन कालापत्थरसम्मको पदयात्रामा रहेको विभिन्‍न क्षेत्रका २५ जना महिलाहरुको टोलीलाई सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्‌मा छिरी शेर्पाले स्वागत गरेका छन्। 

खुम्बु पासङल्हामु गाउँपालिकाका अध्यक्ष शेर्पाले साथसाथैका अध्यक्ष प्रजिता कार्कीसहित टोलीमा रहेका संयुक्त अरब इमिरेटे्स (युएई) को पहिला महिला सगरमाथा आरोही नायला नासिर अलबलौसीका साथै अरबी महिलाहरु अलाम रासिद इसा जुमा अलबलौसी, साहिमा अहमद इमाद अल्कामायिलालगायत २५ जनाको महिलाको टोलीलाई स्वागत गरेका हुन्। 

यूएईको पहिलो महिला सगरमाथा आरोही नायलाले महिलाले नेतृत्व गरेको संस्थाले जलवायु न्यायका लागि विश्वसमुदायको ध्यानाकर्षण गराउन आयोजना गरेको पदयात्रामा जोडिन पाएकोमा खुसी व्यक्त गरिन्। उनले भनिन्, 'महिलाको नेतृत्व रहेको साथसाथैले जलवायु न्यायका लागि जुन काम गरिरहेको छ, यो निकै प्रशंसनीय छ। आगामी दिनमा पनि यस संस्थासँग सहकार्य गरेर अघि बढ्ने कुरामा प्रतिबद्ध छौं। यसले नेपाल र यूएईमात्र नभएर विश्‍वभरका महिलाहरुलाई जलवायु न्यायका लागि गोलबद्ध हुन प्रेरित गरेको छ।' 

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कालापत्थरबाट विश्व समुदायको ध्यानाकर्षण गराउन पदयात्रामा रहेको टोलीको प्रशंसा गर्दै गाउँपालिका अध्यक्ष शेर्पाले भने, 'यति ठूलो दु:ख गरेर पदयात्रामा आउनु भएको छ, हिमाल पग्लिएर हाम्रो स्थानीय तहमा पारेको प्रभावबारे प्रत्यक्ष हेर्नुभएको छ र राष्ट्रिय-अन्तर्रष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनु भएको छ। यो निकै प्रशंसनीय काम हो। यसबारे काठमाडौंमा मात्रै सीमित भएर जलवायु परिवर्तनका असरबारे बहस गर्नेहरुलाईसमेत प्रेरणा मिल्ने अपेक्षा गरेका छौं।' 

साथसाथैका अध्यक्ष कार्कीले गाउँपालिका अध्यक्ष शेर्पालाई धन्यवाद व्यक्त गर्दै भनिन्, 'हामीले विगत तीन वर्षदेखि सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर, महिला सशक्तिकरण र पर्यटन प्रबर्द्धनबारे ध्यानाकर्षण गराउन पदयात्रा गरिरहेका छौं। यसमा गाउँपालिकाले गरेको सहयोग र सद्‌भावप्रति विशेष आभारी छौं। हामीले पहिलेदेखि नै सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे ध्यानाकर्षण गराइँरहँदा गत अक्टोबरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेरसले हिमाल पग्लिएर पुर्‍याएको क्षतिबारे विश्‍व समुदायलाई सचेत गराउनुभएको थियो। यसले जलवायु न्यायका लागि थप बल पुगेको छ।' 

साथासाथैले 'जलवायु न्यायका लागि महिला एकता' भन्‍ने नारासहित मार्च ८ मा कालापत्थर पुगेर विश्व समुदायलाई हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पुर्‍याएको असरबारे ध्यानाकर्षण गराउँदै जलवायु न्यायका लागि अपिल गर्ने कार्यक्रम रहेको छ। संयुक्त राष्ट्रसंघले  'गतिशील प्रगतीका लागि महिलाहरूमा लगानी' भन्‍ने मुल नारासहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको छ। 

सम्बन्धित समाचार

  • हिमालमा दोब्बर वर्षा, तराईमा खडेरीको संकेत: सरदर मनसुनले देखायो नेपालको बदलिँदो वर्षा चक्र

    काठमाडौं | यस वर्ष नेपालमा मनसुन अवधिको समग्र वर्षा सरदरको हाराहारीमा रह्यो। तर देशभर वर्षाको

  • आन्तरिक तयारी कमजोर हुँदा नेपालको जलवायु न्यायको दाबी कमजोर

    काठमाडौं:नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु वित्त, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायुजन्य क्षति र नोक्सानीबापतको क्षतिपूर्तिको माग गर्दै

  • जलवायु संकट सामना गर्न नेपाल–भारत–चीनबीच त्रिपक्षीय संयन्त्र बनाउन भारतीय प्राध्यापकको प्रस्ताव

    काठमाडौं भारतीय प्राध्यापक अनिलकुमार महापात्राले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीच

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend