हिमाल पग्लिएको विषयमा ध्यानाकर्षण गराउन नेपाली महिलाहरुको टोली कालापत्थरतर्फ प्रस्थान


साथसाथै न्युज
१७, फागुन २०८०
हिमाल पग्लिएको विषयमा ध्यानाकर्षण गराउन नेपाली महिलाहरुको टोली कालापत्थरतर्फ प्रस्थान

काठमाडौं- जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्‍व समुदायको ध्यानाकर्षण गराउने नेपाली महिलाहरुको टोली कालापत्थरतर्फ प्रस्थान गरेको छ। 

जलवायु परिवर्तन तथा महिला सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था साथसाथैले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ सगरमाथा क्षेत्रको कालापत्थरमा मनाउने भएको हो। विभिन्‍न क्षेत्रमा अग्रणी भूमिकाका रहेका २५ जना महिलाहरुको टोली बिहीबार बिहान काठमाडौंबाट प्रस्थान गरेको हो। 

उनीहरुलाई यूएन वुमनका नेपाल प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज–पचेकोले अन्तर्राष्ट्रिय त्रिभूवन विमानस्थलमा बिदाइ गरेको हो। जलवायु परिवर्तनले सगरमाथा क्षेत्रमा पारेको असर र हिमाली समुदायले सामना गर्नुपरेका चुनौतीका विषयमा राष्ट्रिय-अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराउन समाजका विभिन्‍न क्षेत्रका प्रतिष्ठित महिलाहरुको समूहले लुक्लाबाट कालापत्थरसम्म पदयात्रा गर्न लागेको हो।                     

साथसाथैका अध्यक्ष प्रजिता कार्कीका अनुसार लुक्लाबाट कालापत्थरसम्म पदयात्रा गर्ने र विभिन्‍न स्थानमा स्थानीय तहका जनप्रतिनिधि र समुदायसँग जलवायु परिवर्तनले पारेको असरबारे अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ। 

उनले भनिन्, 'हामीले विगत तीन वर्षदेखि अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा 'वुमन युनाइटेड फर क्लाइमेट जस्टिस' (जलवायु न्यायका लागि महिला एकता) भन्‍ने नारासहित १८ हजार ५१९ फिट उचाईमा रहेको कालापत्थरमा पुगेर राष्ट्रिय-अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराउँदै आएका छौं। यसपटक पनि हामीले जलवायु परिवर्तनका कारण हिमाल पग्लिँदा हिमालको फेदमा बस्‍ने समुदायले भोग्‍नु परेका समस्या र समाधानका उपायहरुबारेमा पनि विज्ञ र सरोकारवाला निकायसँग अन्तर्क्रिया गर्नेछौं।' 

साथसाथैले विभिन्‍न क्षेत्रमा अग्रणी भूमिकामा रहेका २५ जना महिलाहरुलाई लिएर यही फागुन १७ गते काठमाडौंबाट लुक्लातर्फ प्रस्थान गर्ने, फागुन १९ गते स्याङबोचेमा 'जलवायु न्यायका लागि सरकार र समुदायलाई जोड्न महिला सशक्तिकरण' भन्‍ने  नारासहित स्थानीय जनप्रतिनिधि र स्थानीय समुदायसँग अन्तर्क्रिया कार्यक्रम गर्ने अध्यक्ष कार्कीले जानकारी गराएकी छन्। 

उनले भनिन्, 'स्याङबोचेमा कार्यक्रमपछि पदयात्रा गर्दै ८ मार्चमा कालापत्थरमा पुगेर राष्ट्रिय-अन्तर्राष्ट्रिय समुदायलाई हिमाल पग्लिँदा समुदायमा परेको असर, कृषि र पर्यटन क्षेत्रमा परेको मारलगायतका विषयमा ध्यानाकर्षण गराउने छौं।' 

यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि सोलुखुम्बुको स्याङवोचेमा पुगेर हिमाल पग्लिरहेको विषयप्रति विश्‍व समुदायको ध्यानाकर्षण गराएका थिए। संयुक्त राष्ट्रसंघले 'इन्भेस्ट इन वुमन : एक्सलेरेट प्रोग्रेस' (गतिशील प्रगतीका लागि महिलाहरूमा लगानी' भन्‍ने मुल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस २०२४ मनाइरहेको छ।

सम्बन्धित समाचार

  • हिमालमा दोब्बर वर्षा, तराईमा खडेरीको संकेत: सरदर मनसुनले देखायो नेपालको बदलिँदो वर्षा चक्र

    काठमाडौं | यस वर्ष नेपालमा मनसुन अवधिको समग्र वर्षा सरदरको हाराहारीमा रह्यो। तर देशभर वर्षाको

  • आन्तरिक तयारी कमजोर हुँदा नेपालको जलवायु न्यायको दाबी कमजोर

    काठमाडौं:नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु वित्त, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायुजन्य क्षति र नोक्सानीबापतको क्षतिपूर्तिको माग गर्दै

  • जलवायु संकट सामना गर्न नेपाल–भारत–चीनबीच त्रिपक्षीय संयन्त्र बनाउन भारतीय प्राध्यापकको प्रस्ताव

    काठमाडौं भारतीय प्राध्यापक अनिलकुमार महापात्राले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीच

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend