काठमाडौं - नेपाल चिकित्सक संघ र सामाजिक संस्था साथसाथैबीच जलवायू न्यायका क्षेत्रमा संयुक्त रुपमा काम गर्ने गरी बिहीवार सम्झौता भएको छ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक, विपन्न र पछाडि पारिएका वर्गसहितका स्वास्थ्यमा पारेको असर र त्यसको न्यूनीकरण लागि मिलेर काम गर्ने त्यसमा उल्लेख गरिएको छ।
स्वास्थ्य, शिक्षा, सामाजिक सचेतनासहितमा दुई संस्थाबीच सहकार्य हुने आपसी सम्झौतापत्रमा उल्लेख छ। सम्झौतापत्रमा संघबाट अध्यक्ष डा.अनिलविक्रम कार्की र साथसाथैबाट अध्यक्ष प्रजिता कार्कीले हस्ताक्षर गर्नुभयो।
साथसाथैले सगरमाथासहित विभिन्न हिमालय क्षेत्र, सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची, र मधेशका विभिन्न ठाउँमा जलवायु न्यायका लागि क्रियाकलाप निरन्तर गरिरहेको छ।
आउँदो मार्च ८ तारिखमा जलवायू परिवर्तनबाट पारेको असर न्यूनिकरणका लागि ध्यानाकर्षण गराउन विभिन्न क्षेत्रका अगुवा महिलाहरुले लुक्लाबाट कालापत्थरसम्म पदयात्रा समेत गर्दैछन्।
जलवायुको असर र स्वाथ्यको अवस्थासहितमा सहकार्य गरी काम गर्न यो सम्झौताले थप उर्जा मिलेको छ, साथसाथै संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले भन्नुभयो।
साथसाथैका अध्यक्ष प्रजिता कार्कीले नेपाल चिकित्सक संघसग भएको आजको सम्झौताले जलवायू परिवर्तनले मानिसको स्वास्थय क्षेत्रमा समेत गम्भीर असर परेकाले आगामी दिनमा प्रभावकारी ढंगले काम गर्न हौसला समेत मिलेको बताउनुभयो।