नेपालगञ्जका विभिन्न धार्मिकस्थको सरसफाई


१३, पुस २०८०
नेपालगञ्जका विभिन्न धार्मिकस्थको सरसफाई

काठमाडौं-  नेपालगञ्जमा रहेका विभिन्न धार्मिकस्थलहरुको सरफाई गरिएको छ। आज विहान यहाँ कार्यरत सुरक्षाकर्मीहरुको टोलीले विभिन्न धार्मिकस्थल वरपर सरसफाई गरेका हुन्।

‘सर्व धर्म स्थान, सरसफाई अभियान’ भन्ने मूल नाराका साथ शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले वागेश्वरी मन्दिर, मस्जिद, चर्चलगायत यहाँका विभिन्न धार्मिकस्थल सफाई गरेका हुन्।

सरसफाई अभियानमा सहभागी बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सदभावलाई जीवन्त राख्नका लागि सामूहिक सरसफाई अभियानको शुरुवात गरिएको बताए। “नेपालगञ्ज भन्नका लागि मात्रै सदभावको सहर भनिएको होइन। 

यहाँ एकले अर्काको धर्मलाई सम्मान गर्ने परम्परा रहेको र त्यही परम्परालाई जीवन्त राख्नका लागि सामूहिक सरसफाई अभियानको शुरुवात गरेका हौँ”, उनले भने। सो अवसरमा राँझाको इमामनगर ब्यारेकस्थित श्री बज्रदलको गणमा कार्यरत नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल नं. ३० गणमा कार्यरत सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलगायतका कर्मचारीहरुले सामूहिक रुपमा सरसफाई गरेका थिए।

(रासस)

सम्बन्धित समाचार

  • नदीहरुमा बाढीको सतह बढ्दो, उच्च सतर्कता अपनाउन आह्वान

    १६ असार, काठमाडौं । आगामी ३ दिन नदीहरुमा बाढीको सतह उल्लेख्य रुपमा बढ्ने बाढी पूर्वानुमान

  • विश्व वातावरण दिवसको अवसरमा निकालिएको र्‍याली (तस्बिरसहित)

    काठमाडाै - विश्व वातावरण दिवसको अवसरमा काठमाडौँको भद्रकाली मन्दिरबाट प्रभातफेरि निकालिएको छ। संयुक्त राष्ट्र संघको

  •  चैते धानबालीमा मल प्रयोग गर्दै एक महिला किसान

    तनहुँ- जिल्लाको व्यास नगरपालिका५ रानीटारीमा चैते धानबालीमा मल प्रयोग गर्दै एक महिला किसान । तस्बिर

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend