बर्दियामा चितुवाकाे डरलाग्दाे आक्रमण


२, पुस २०८०
बर्दियामा  चितुवाकाे  डरलाग्दाे आक्रमण

काठमाडौं  - बर्दियाको गुलरिया नगरपालिका ११, गोरखचौराहा र बढैयाताल गाउँपालिकामा चितुवाले आक्रमण गरेकाे छ । 

हिजाे दिउँसो चितुवा गाउँमा पसेर आक्रमण  गरेकाे हाे । चितुवाले आक्रमण गर्दा आठजना घाइते भएका छन् ।

बढैयाताल गाउँपालिका ९ का मोहनलाल थारु खेतमा तोरी काटिरहेको अवस्थामा चितुवाले आक्रमण गरेकाे थियाे।

चितुवाले आक्रमण गरेकाे स्थानियले थाहापाए पछि स्थानीय बासिन्दाले लखेटेका थिए । थारुलार्इ चितुवाले घाइते बनाकाे स्थानियले जानकारि दिएका छन् । 

त्यस्तै चितुवाले गुलरिया ११ फरमान हजामलाई उनको घरमा पसेर आक्रमण गरेको छ ।

चितुवालाई नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, बर्दिया निकुञ्जका कर्मचारी र प्रहरी पुगेका थिए ।

चितुवाले प्रहरी सहायक हवल्दार गमनसिंह सुनार र कर्मचारीसहित आठ जनालाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीले जानकारी दिए ।

घाइतेहरुको बर्दिया अस्पताल गुलरियामा उपचार भइरहेको छ । प्रहरीका अनुसार चितुवालाई भने नियन्त्रणमा लिन सकिएको छैन ।

सम्बन्धित समाचार

  • जुम्लामा भेडापालक किसानलाई गोठालो भत्ता

    जुम्ला, ४ असारः जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि प्रोत्साहन भत्ता अर्थात्

  • नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रोपटक अभिलेख

    गण्डकी- नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रो पटक अभिलेख गरिएको छ। पोखरा पन्छी समाजका अध्यक्ष एवं चराविज्ञ

  • पुरैनी तालमा चराको सङ्ख्या घट्यो

    कञ्चनपुर- बेलौरी नगरपालिका ६ भुराकोटस्थित पुरैनी ताल चरा अवलोकन गर्नेको गन्तव्यका रुपमा विकसित हुँदै गएको

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend