पुरैनी तालमा चराको सङ्ख्या घट्यो


२१, माघ २०८१
पुरैनी तालमा चराको सङ्ख्या घट्यो

कञ्चनपुर-  बेलौरी नगरपालिका– ६ भुराकोटस्थित पुरैनी ताल चरा अवलोकन गर्नेको गन्तव्यका रुपमा विकसित हुँदै गएको छ ।  ताल क्षेत्रमा आहारा खोज्दै गरेका, उड्दै गरेका, तालमा जलविहार गर्दै गरेका चरा सहजै अवलोकन गर्न सकिन्छ । विद्यार्थी र संरक्षण समूहमा आवद्ध युवाहरु चरा हेर्नका लागि पुग्ने गरेका छन् । चराप्रति चासो राख्ने आन्तरिक तथा बाह्य पर्यटकसँगै अनुसन्धानकर्ता पनि ताल क्षेत्रमा पुग्ने गरेको भुराकोटका स्थानीय दिनेश चौधरीले बताउनुभयो ।
 
“पहिले तालमा एकनासको पानी हुँदा चराको सङ्ख्या निकै बढी हुने गरेको थियो” उहाँले भन्नुभयो, “हाल ताल क्षेत्रमा बढ्दो अतिक्रमण र आहाराको कमीले चराको सङख्या घट्दै जान थालेको छ ।”


तालमा ५५ प्रजातीका जलपक्षी पाइने गरेका छन् । एकै तालमा धेरै प्रजातिका चरा फेला पर्ने शुक्लाफाँटा राष्ट्रिय बाहिरको यो ताल मात्रै रहेको छ । नेपाल पक्षी संरक्षण सङ्घ(विसिएन)का चरा विज्ञ हिरुलाल डगौराका अनुसार तीस बिघा क्षेत्रफलमा फैलिएको तालमा सिलसिले हाँस, नकटा, कुर्मा, लामऔंँले, जलअप्सरा, बगाले सीम कुखुरा, सानो जलेवा, सारस, घुँघिडीफोर गरुड, भुडिफोर गरुड, बकुल्लाका प्रजाती पाइने गरेका छन् ।

यसैगरी, कैले हाँस, विजला गैरी हाँस, हरियो टाउके हाँस, सुनगजुरे हाँस, खडखडे हाँस, सुइरे पुच्छे, कल हाँस, मालक हाँसलगायत ताल क्षेत्रमा रहेको चरा विज्ञ डगौराले बताउनुभयो ।

 रैथाने प्रजातीका जलपक्षी बाह्रैमहिना ताल क्षेत्रमा हेर्न पाइन्छन् भने आगन्तुक चरा हिउँदका बेला मात्रै ताल क्षेत्रमा रहने गर्दछन् । गर्मी समय सुरु हुन अगावै आगन्तुक चरा पुरानै साइवेरिया लगायतका क्षेत्रमा फर्कने गरेका छन् ।

  तालमा सन् २०१७ मा गरिएको सर्वेक्षणमा दुई हजार दुई सय जलपक्षी फेला परेका थिए । त्यसको नौ वर्षपछि सन् २०२५ मा आइपुग्दा चराको सङ्ख्या घटेर सात सय पाँच पुगेको छ । “ताल वरिपरीको सीमसार क्षेत्र प्रत्येक वर्ष मासिँदै जान थालेपछि केही वर्ष यतादेखि चरा ताल क्षेत्रमा कम मात्रामा देखिने गरेका छन्”चरा विज्ञ डगौराले भन्नुभयो, “विषादी प्रयोग गरी अवैध रुपमा चरा मार्ने कार्यले पनि संरक्षण गर्न चुनौती छ ।”

  स्थानीय तहले ताल संरक्षण गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । चराको अवलोकन गर्न लागि केही वर्षदेखि ताल क्षेत्रमा आन्तरिक पर्यटकसमेत पुग्न थालेका छन् । नगरपालिका– ६ का वडाध्यक्ष भोजराज चौधरी ताल संरक्षणका लागि प्रयास जारी रहेको बताउनुहुन्छ । “ताल क्षेत्रमा भइरहेको अतिक्रमण हटाउने र जलकुम्भी हटाउनेबारे योजनावद्ध रुपमा अगाडि बढने योजना छ” उहाँले भन्नुभयो, “नगरपालिकाको कार्यपालिकामा प्रस्ताव राखेका छौंँ, कार्यान्वयन हुने विश्वास छ ।” 

राष्ट्रिय समाचार समिति(रासस)

सम्बन्धित समाचार

  • जुम्लामा भेडापालक किसानलाई गोठालो भत्ता

    जुम्ला, ४ असारः जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि प्रोत्साहन भत्ता अर्थात्

  • नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रोपटक अभिलेख

    गण्डकी- नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रो पटक अभिलेख गरिएको छ। पोखरा पन्छी समाजका अध्यक्ष एवं चराविज्ञ

  • तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु

    काठमाडौँ - हरेक हिउँदमा उत्तरीध्रुवबाट चिसो छल्नका लागि नेपाल आउने चराको आगमन यस वर्ष पनि

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend