विपद्को जोखिममा बालबालिका


२९, मंसिर २०८०
विपद्को जोखिममा बालबालिका

काठमाडौँ-  जलवायु परिवर्तनसँग सम्बन्धित विपद्को असरबाट सबैभन्दा बढी बालबालिका जोखिममा पर्ने गरेका छन् ।

महामारी, हिमपात, शीतलहर, बाढी तथा पहिरो, हावाहुरी, आगलागीलगायत प्राकृतिक विपद्बाट आर्थिक वर्ष २०७९/८० मा मुलुकभर पीडित बालबालिकाको सङ्ख्या तीन हजार दुई सय ४४ पुगेको छ । जसमा सबैभन्दा बढी दुई हजार दुई सय ३१ बालबालिका महामारीका कारण पीडित भएका थिए । 

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्याङ्अनुसार आव २०७९/८० मा विपद्का कारण पीडित बालबालिकामध्ये ७९ बालक र छ सय ८८ बालिका गरी जम्मा कुल सात सय ६७ बालबालिकाको मृत्यु भएको थियो । 

त्यस्तै एक सय ६७ बालक र दुई हजार एक सय ७६ बालिका गरी जम्मा दुई हजार तीन सय ४३ बालबालिका घाइते भएका थिए भने चार बालक र एक सय ३० बालिका गरी जम्मा एक सय ३४ बालबालिका बेपत्ता भएका थिए । कुल पीडित बालबालिकामध्ये ९२ दशमलव २९ प्रतिशत बालिका रहेका छन् ।

नेपालमा जोखिम न्यूनीकरणका लागि तीनै तहबाट विभिन्न कार्यक्रम सञ्चालनमा रहे पनि बढ्दो जलवायु परिवर्तनको असरले प्राकृतिक विपद्को असर बढ्दोरूपमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बालअधिकार समितिले सन् २०२३ अगष्ट २२ मा जलवायु परिवर्तनले पारेको असरबाट बालअधिकार संरक्षण तथा प्रवर्द्धनका लागि राज्यले गर्नुपर्ने विषयमा सामान्य टिप्पणी–२६ (जनरल कमेन्ट–२६) जारी गरेको छ । जसमा जलवायु परिवर्तनबाट हुने प्रतिकूल असर न्यूनीकरण गर्नुपर्ने, बालबालिकालाई यससम्बन्धी असरसँग अनुकूलन बनाउने, बालअधिकारमा परेको क्षतिका लागि प्राविधिक तथा आर्थिक सहयोग गर्नेलगायत विषय रहेको छ ।
(रासस)

सम्बन्धित समाचार

  • महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन्। महिला

  • सगरमाथा आधार शिविरमा मनाइयो नारी दिवस, जलवायु न्यायका लागि ७ बुदे घोषणापत्र जारी

    कालापत्थर(सोलुखुम्बु)-११४ औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा मनाइएको छ। विभिन्न विधामा

  • बृहत् यौनिकता शिक्षा र प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न माग

    काठमाडौं- किशोरकिशोरीले बृहत् यौनिकता शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई थप प्रवद्र्धन गर्ने शिक्षा

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend