सन् २०२३ अहिलेसम्मकै उच्च तापक्रम रहेको वर्ष


२९, मंसिर २०८०
सन् २०२३ अहिलेसम्मकै उच्च तापक्रम रहेको वर्ष

काठमाडौं - सन् २०२३ सकिन झन्डै आधा महिना सकिन बाँकी छ। तर, यो वर्ष जलवायुसम्बन्धी अभिलेख राख्न थालिएयताकै सबैभन्दा गर्मी वर्ष बन्ने कुरा लगभग निश्चित रहेको युरोपिअन यूनिअनको जलवायुसम्बन्धी निकाय कपर्निकसुले बताएको छ।

युरोपियन युनियनको कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार अक्टोबर २ सम्मको तथ्यांकका हेर्दा २०२३ मा कुल ८६ दिन १.५ डिग्रीभन्दा बढीले तापक्रम उच्च रहेको छ । सन् २०१६ मा वर्षभरी नै ७५ दिन यस्तो भएको बीबीसीले जनाएको छ ।

सन् २०२३ अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष हुने र २०२४ मा पनि तापक्रम वृद्धिले रेकर्ड तोड्ने जलवायु विज्ञहरुको आँकलन छ । ग्लोबल वार्मिङ र जलवायु परिवर्तनका कारण यस वर्ष पनि विश्वभरि नै बाढी, पहिरो, खडेरी, आगलागी, अतिवृष्टी र अनावृष्टिका घटना बढेका छन् ।

२०१५ मा पेरिसमा भएको सम्मेलनमा चालु शताब्दीमा विश्वको कुल तापक्रम वृद्धिलाई १.५ डिग्रीभन्दा कममा राख्न पहल गर्ने सहमति भएको थियो । तर ईन्धन खपतको प्रवृत्तिमा परिवर्तन आउन नसक्दा कार्बन उत्सर्जन कम हुन सकेको छैन् ।

सम्बन्धित समाचार

  • हिमालमा दोब्बर वर्षा, तराईमा खडेरीको संकेत: सरदर मनसुनले देखायो नेपालको बदलिँदो वर्षा चक्र

    काठमाडौं | यस वर्ष नेपालमा मनसुन अवधिको समग्र वर्षा सरदरको हाराहारीमा रह्यो। तर देशभर वर्षाको

  • आन्तरिक तयारी कमजोर हुँदा नेपालको जलवायु न्यायको दाबी कमजोर

    काठमाडौं:नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु वित्त, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायुजन्य क्षति र नोक्सानीबापतको क्षतिपूर्तिको माग गर्दै

  • जलवायु संकट सामना गर्न नेपाल–भारत–चीनबीच त्रिपक्षीय संयन्त्र बनाउन भारतीय प्राध्यापकको प्रस्ताव

    काठमाडौं भारतीय प्राध्यापक अनिलकुमार महापात्राले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीच

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend