जलवायु परिवर्तनले मानिसको मस्तिष्क खुम्चिँदै गएको खुलासा


साथसाथै न्युज
४, साउन २०८०
जलवायु परिवर्तनले मानिसको मस्तिष्क खुम्चिँदै गएको खुलासा

काठमाडौं- जलवायु परिवर्तनका कारण मानिसको मस्तिष्क लगातार साँघुरिंदै (खुम्चिँदै) गईरहेको खुलासा भएको छ। क्यालिफोर्नियास्थित नेचरल हिस्ट्री म्युजियमका वैज्ञानिक जेफ मोर्गन स्टिबलले गरेको सोधमा यो तथ्य सार्वजनिक भएको हो।

पछिल्लो ५० हजार वर्षमा जलवायुमा आएको परिवर्तनसँगै बदलिएको मानिसको शरीरसम्बन्धी रेकर्ड अनुसार मानिसको मस्तिष्कको आकार झनै घट्दै जाने निष्कर्ष शोधकर्ताले निकालेका छन्।

सोधकर्ताले जलवायु परिवर्तनबाट सिर्जित तनावलाई मानिसले कसरी खपिरहेको छ र जलवायु परिवर्तनसँग मानिसको मस्तिष्क कसरी अनुकूलित भएको छ भन्ने कुराको अध्ययन गरेका छन्। उक्त शोधको रिपोर्ट ब्रेन, बिहेवियर एण्ड इभोल्यूसन जर्नलमा प्रकाशित भएको छ।

अध्ययनबाट मस्तिष्क खुम्चिँदै जाँदा मानिसको व्यवहारमा पनि असर परिरहेको उल्लेख छ। सोधकर्ताले अध्ययनका क्रममा मोर्गनले नमूनाको रुपमा २ सय ९८ वटा मानव मस्तिष्कको आकारको नापजाँच अध्ययन गरेका थिए।

ती मस्तिष्कका विभिन्न ३७३ वटा मापन लिइएको थियो। मस्तिष्कका नमूनाहरुमा ५० हजार वर्ष पुरानादेखि नयाँसम्मका रहेका छन्। अध्ययनका क्रममा जेफले मस्तिष्कका नमूनाहरुलाई १०० वर्ष, पाँच हजार वर्ष, १० हजार वर्ष र १५ हजार तथा त्योभन्दा बढीको वर्गमा बाँडेका थिए।

मौसमजन्य तथ्यांकहरु युरोपियन प्रोजेक्ट फर आइस कोरिंग इन अन्टार्कटिका डोम सीबाट विश्लेषण गरिएको हो। मानिसको मस्तिष्क साँघुरिने प्रक्रिया पछिल्लो पाँच देखि १७ हजार वर्षको बीचमा सबैभन्दा तीव्र बनेको शोधकर्ताको भनाइ छ। यसको प्रमुख कारण चाहिं विश्वमा बढिरहेको तापमान हो। विश्व उष्णीकरणको दर निरन्तर बढिरहेको छ।

सम्बन्धित समाचार

  • हिमालमा दोब्बर वर्षा, तराईमा खडेरीको संकेत: सरदर मनसुनले देखायो नेपालको बदलिँदो वर्षा चक्र

    काठमाडौं | यस वर्ष नेपालमा मनसुन अवधिको समग्र वर्षा सरदरको हाराहारीमा रह्यो। तर देशभर वर्षाको

  • आन्तरिक तयारी कमजोर हुँदा नेपालको जलवायु न्यायको दाबी कमजोर

    काठमाडौं:नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु वित्त, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायुजन्य क्षति र नोक्सानीबापतको क्षतिपूर्तिको माग गर्दै

  • जलवायु संकट सामना गर्न नेपाल–भारत–चीनबीच त्रिपक्षीय संयन्त्र बनाउन भारतीय प्राध्यापकको प्रस्ताव

    काठमाडौं भारतीय प्राध्यापक अनिलकुमार महापात्राले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीच

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend