जलवायु परिवर्तनको असर हिमालमा धेरै : आर्थिक मामिलामन्त्री आलेमगर 


साथसाथै न्युज
२७, मंसिर २०८०
जलवायु परिवर्तनको असर हिमालमा धेरै : आर्थिक मामिलामन्त्री आलेमगर 

पोखरा- गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर आलेमगरले जलवायु परिवर्तनको असर हिमाललाई परेको बताएका छन्। 

अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घद्वारा आयोजित आठौँ पर्वतीय महोत्सवको समापन समारोहमा उनले नेपालको परिचय नै हिमालसँग जोडिएको र जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परिरहेको बताए। जलवायु परिवर्तनमा नेपालको दोष नभए पनि त्यसको प्रतिकूलताको असर भोग्नुपरेको उल्लेख गर्दै उनले हिमाल र हिमाली संस्कृति जोगाउनुपर्नेमा जोड दिए। 


हिमाल हाम्रा सम्पत्ति भएको चर्चा गर्दै मन्त्री आलेमगरले हिमालले नै नेपाललाई विश्वमाझ चिनाएको बताए। नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले नेपालमा पर्वतीय पर्यटन बढाउन र त्यसको महत्व बुझाउन महोत्सव आयोजना गरिएको बताए। हिमाल र पदयात्राका लागि मुख्य प्रवेशद्वार बनाउन महोत्सव गरिएको उनले बताए। 

नेपाल पर्वतारोहण संघका प्रमुख कार्यकारी अधिकृत तथा महोत्सवका संयोजक जिनेश सिन्दुराकारले पोखरास्थित पर्वतीय सङ्ग्रहालयमा वर्षेनी महोत्सवसँगै वार्षिक क्यालेन्डर नै बनाएर कार्यक्रम बनाएर लैजाने योजना रहेको जानकारी गराए। 

महोत्सवका सहसंयोजक शेषकान्त शर्माले पर्वतीय महोत्सवलाई पर्वतीय जीवनशैलीबारे बुझ्ने ज्ञानको महोत्सवका रुपमा अगाडि बढाइएको बताए। शुक्रबारदेखि पाँच दिन चलेको महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्री प्रदर्शनीदेखि जलवायु परिवर्तनको असर लगायतका विषयमा बहस गरिएको थियो। 

उक्त अवसरमा पर्वतारोहण र पर्वतीय जनजीवनबारे वृत्तचित्रसहित कीर्तिमानी आरोहीको तस्बिर प्रदर्शनी गरिएको थियो। महोत्सव १० हजार जनाले अवलोकन गरेको सङ्ग्रहालयकी प्रमुख कार्यकारी अधिकृत निर्मला न्यौपानेले जानकारी दिए।महोत्सवमा छेलो प्रतियोगिता, जिपलाइन, दोहोरी गीत आदि कार्यक्रम पनि सञ्चालन गरिएको उनले बताए। 

सम्बन्धित समाचार

  • हिमालमा दोब्बर वर्षा, तराईमा खडेरीको संकेत: सरदर मनसुनले देखायो नेपालको बदलिँदो वर्षा चक्र

    काठमाडौं | यस वर्ष नेपालमा मनसुन अवधिको समग्र वर्षा सरदरको हाराहारीमा रह्यो। तर देशभर वर्षाको

  • आन्तरिक तयारी कमजोर हुँदा नेपालको जलवायु न्यायको दाबी कमजोर

    काठमाडौं:नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु वित्त, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायुजन्य क्षति र नोक्सानीबापतको क्षतिपूर्तिको माग गर्दै

  • जलवायु संकट सामना गर्न नेपाल–भारत–चीनबीच त्रिपक्षीय संयन्त्र बनाउन भारतीय प्राध्यापकको प्रस्ताव

    काठमाडौं भारतीय प्राध्यापक अनिलकुमार महापात्राले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीच

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend