जलवायु परिवर्तन : अमेरिकामा ११ करोड मानिस गर्मीको चपेटामा


४, साउन २०८०
जलवायु परिवर्तन : अमेरिकामा ११ करोड मानिस गर्मीको चपेटामा

काठमाडौं- नेपालमा जहाँ भारी वर्षा र बाढी जस्ता परिस्थितिले मानिसहरूलाई समस्यामा पारेको छ भने अमेरिकामा लगातार बढ्दै गएको गर्मिले बाँच्न मुस्किल बनाएको छ । बीबीसीको रिपोर्ट अनुसार अमेरिकाको तापक्रम यो हप्ता खतरनाक स्तरमा पुग्नेछ ।

यसको चपेटामा ११ करोड ३० लाख मानिस पर्नेछन् । फ्लोरिडा, क्यालिफोर्निया तथा वाशिंगटनमा यस सम्बन्धमा एडवाइजरी जारी गरिएको छ। अमेरिकाको नेशनल वेदर सर्भिसले मानिसहरूलाई आफ्नो स्वास्थ्यका सम्बन्धमा कुनै पनि जोखिम नलिन आग्रह गरेको छ ।

अमेरिकामा कति गर्मी छ भन्ने अनुमान अमेरिकी राज्य एरिजोनाको तापक्रम ४८ डिग्री सेल्सियस पुगेको तथ्यबाट गर्न सकिन्छ । अमेरिकी मौसम विभागले अर्को हप्ता क्यालिफोर्नियाको डेथ भ्यालीमा गर्मि ५४ डिग्री पुग्ने बताएको छ । डेथ भ्याली संसारको सबैभन्दा तातो ठाउँ मध्ये एक हो। अर्को साता तापक्रम अझ बढेपछि यो विश्वको अहिलेसम्मकै उच्च तापक्रम हुनेछ । यो गर्मी ती व्यक्तिका लागि घातक साबित हुन सक्ने स्वास्थ्य विभागले जनाएको छ जोसँग शीतलताको उचित साधन छैन। अमेरिकामा हरेक वर्ष गर्मीका कारण ७०० जनाको मृत्यु हुने गरेको छ ।

उता युरोपको अन्तरिक्ष एजेन्सीले इटाली, स्पेन, फ्रान्स, जर्मनी तथा पोल्याण्डको गर्मीका बारेमा अलर्ट जारी गरेको छ । इटालीले रोम र फ्लोरेन्सलगायत आफ्ना १६ सहरमा गर्मीको लहरको चेतावनी जारी गरेको छ। रोममा तापक्रम ४४ डिग्रीसम्म पुग्न सक्छ। सरकारले बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म घाममा ननिस्कन आग्रह गरेको छ ।

यो हप्ताको सुरुमा इटालीमा चर्को घाममा काम गर्दा एक निर्माण मजदुरको मृत्यु भएको थियो। बढ्दो तापक्रमका कारण स्पेनको क्यानरी टापुको जंगलमा आगलागी सुरु भएको छ । त्यहाँ ५ सय जनालाई सुरक्षित स्थानमा पठाइएको छ । यससँगै ग्रीसका जनता पनि गर्मीले आक्रान्त छन् । ग्रीसको जंगलमा आगलागीको जोखिम बढेको छ । २०२१ मा पनि त्यहाँको जंगलमा ठूलो आगलागी भएको थियो ।

गर्मीको कारण जलवायु परिवर्तन

अलजजिराको रिपोर्ट अनुसार विश्वको आधा भागमा गर्मी बढनुको कारण जलवायु परिवर्तन हो । जलवायु विज्ञानमा काम गर्ने प्रोफेसर रिचर्ड एलेनले मानिसले वातावरणमा हरित गृह ग्यास उत्सर्जन गरिरहेको बताए । अहिलेको गर्मिको लहर यसैको परिणाम हो । हामीले यसलाई जतिसक्दो चाँडो रोक्न सही कदम चाल्नुपर्छ।

सन् २०२१ मा ल्यान्सेट प्लानेटरी हेल्थमा प्रकाशित एक अध्ययनअनुसार विश्वमा हरेक वर्ष ५० लाखभन्दा बढी मानिस अत्यधिक गर्मी वा अत्यधिक चिसोका कारण मरिरहेका छन् । यसरि ज्यान गुमाउनेहरूमध्ये आधाभन्दा बढी एसियाका छन् ।

डब्लुएमओको प्रतिवेदनले दक्षिण एसियामा बसोबास गर्ने विश्वको एक चौथाइ जनसंख्या पहिले नै सबैभन्दा खराब गर्मीको सामना गरिरहेको दाबी गरेको छ। यस्तो अवस्थामा यस क्षेत्रका करिब ६० प्रतिशत जनता कृषि पेशासँग आवद्ध भएकाले तापक्रम बढ्दै जानु यस ठाउँका लागि ठूलो खतरा हो । किनभने यहाँ कृषिको काम खुल्ला मैदानमा काम गर्नुपर्छ । परिणामस्वरूप गर्मीका कारण हुने मृत्युको जोखिम बढ्छ ।

२०१९ मा क्याम्ब्रिज र ट्युबिन्जेन युनिभर्सिटीका वैज्ञानिकहरूले एउटा अनुसन्धानमा जलवायु परिवर्तनले मानिसको लम्बाइ र मस्तिष्कलाई छोटो पार्न सक्ने कुरा पत्ता लगाएका थिए । यसका लागि वैज्ञानिकहरूले विश्वभरका ३०० भन्दा बढी मानिसको शरीर र कंकालको अनुसन्धान गरेका थिए । जलवायु परिवर्तनको असर मानव शरीरमा समेत परेको छ ।

मानव प्रजाति ‘होमो’ को उत्पत्ति ३ लाख वर्षअघि अफ्रिकामा भएको थियो । होमो ह्याबिलिस आजका मानिसको तुलनामा ५० गुणा भारी थियो र उसको मस्तिष्क करिब ३ गुणा ठूलो थियो ।

सम्बन्धित समाचार

  • हिमालमा दोब्बर वर्षा, तराईमा खडेरीको संकेत: सरदर मनसुनले देखायो नेपालको बदलिँदो वर्षा चक्र

    काठमाडौं | यस वर्ष नेपालमा मनसुन अवधिको समग्र वर्षा सरदरको हाराहारीमा रह्यो। तर देशभर वर्षाको

  • आन्तरिक तयारी कमजोर हुँदा नेपालको जलवायु न्यायको दाबी कमजोर

    काठमाडौं:नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु वित्त, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायुजन्य क्षति र नोक्सानीबापतको क्षतिपूर्तिको माग गर्दै

  • जलवायु संकट सामना गर्न नेपाल–भारत–चीनबीच त्रिपक्षीय संयन्त्र बनाउन भारतीय प्राध्यापकको प्रस्ताव

    काठमाडौं भारतीय प्राध्यापक अनिलकुमार महापात्राले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीच

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend