काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने भ्रमण पूरा गरी फर्किएका छन्। राष्ट्रसंघका तत्कालीन महासचिव बानकी मुन २००८ अक्टोबर अन्तिम साता नेपाल आएको १५ वर्षपछि राष्ट्रसंघका महासचिव गुटेरेसले नेपाल भ्रमण गरेका हुन्।
महासचिव गुटेरेसको दोस्रो पटकको चारदिने भ्रमणलाई अति नै महत्वपूर्ण मानियो। भ्रमणका क्रममा उनले सर्वोच्च शिखर सगरमाथाको खुम्बु क्षेत्र र अर्को दिन अन्नपूर्ण हिमालको आधार शिविर हिमक्षेत्रमा पुगेर उनले हिमशृंखलाको दृश्यावलोकन गरे।
महासचिव गुटेरेसले सगरमाथा क्षेत्रमा पदयात्रासमेत भ्रमण गरी प्रत्यक्ष रुपमा त्यस क्षेत्रमा जलवायुले पारेका असर र समस्याका बारेमा स्वयं बुझि जलवायु परिर्वतनले पारेको असरका बारेमा नेपाल र विश्व समुदायलाई हिमाली क्षेत्रबाट नै अल्पविकसित देश नेपालले भोगेका समस्या र क्षतिपूर्ति पाउनपर्ने सन्देश विश्व समुदायलाई दिएका छन्।
यसभन्दा अगाडी पनि विभिन्न फोरमबाट आवज भने नउठेको होइनन्। तर, पनि त्यो सुनवाई भएको देखिँदैन। महासचिव गुटेरेसले उठाएको आवाजले सरोकारवाला र राजनितिक दल तथा आम जनतामा जलवायुका बारेमा सोच्न र कदम चाल्न बाध्य समेत बनाएको छ।
जुन किसिमले महासचिव गुटेरेसले नेपालमा जलवायु परिवर्तनले पारेका असरका बारेमा आवाज उठाए, त्यो साँच्चिैकै प्रशंसनिय छ। महासचिव गुटेरेसेको यो सानो प्रयासले नेपालमा रहेका हिमशृंखलाका साथै आम जनताले भोग्नुपरेका र भोगीरहेका समस्या एकै पटक विश्वसामु पुगेको छ।
महासचिव गुटेरेसले नेपाल आएको बेला आम जनताका समस्या स्थलगत भम्रण गरि आफैँ बुझेर गएको हुनाले पनि यस पटकको कोप २८ मा नेपालको प्रतिनिधित्वका साथै नेपालको जलवायु परिर्वतनले सिर्जना गरेका समस्या विश्वसामु गुटेरेसले उठाउने कुरामा नेपालीहरु आशावादी छन्।
उनको यो हिमालय क्षेत्रमा भम्रण र भनाई अति नै अर्थपूर्णरुपमा आम नेपाली जनता र विश्वले लिएका छन्। नेपालमा मात्र नभई यसैगरी हिमशृंखला पग्लिँदा जाँदा अन्य स्थानमा पार्न सक्ने असरबारे नेपालको मात्र नभई विश्वको ध्यान केन्द्रित गर्न समेत महासचिव गुटेरेसको भ्रमण सफल भएको छ।
महासचिव गुटरेस नेपाल आएर जसरी स्थलगत भ्रमण गरे, उनको यो भ्रमणले पर्यटन प्रबर्दधन गर्नमा थप सहजता भएको देखिन्छ। थुप्रै फोरमले तथा सरकारले यस क्षेत्रमा काम गर्ने अगुवाहरुले पनि यस भन्दा अगाडीबाट नै धेरै पहल चालेका हुन।
जल तथा मौसम विज्ञान विभागले सन् २०१७ मा नेपालमा वार्षिक अधिकतम तापक्रमको वृद्धिदर औसतमा ०.०५६ डिग्री रहेको देखाएको थियो। नेपालमा तापक्रम वृद्धि तराईभन्दा हिमाली क्षेत्रमा बढी देखिएको छ।
नेपाल सरकारले राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी निकायलाई गरेको ‘तेस्रो राष्ट्रिय सञ्चार’प्रतिवेदनले मध्यमकालमा (सन् २०१६ देखि सन् २०४५ सम्म) औसत तापक्रम ०.९ देखि १.१ डिग्रीले बढ्ने र दीर्घकालमा भने (सन् २०३६ देखि २०६५) औसत तापक्रम १.३ देखि २.८ डिग्रीले बढ्ने पनि उल्लेख छ।
विश्वले तापक्रमको औसत वृद्धिलाई औद्योगिक कालभन्दा पहिलाको तुलनामा १.५ डिग्री सेल्सिअसमा सीमित गर्ने भनिरहेको छ। तर, नेपालजस्तो पर्वतीय देशका लागि यो लक्ष्य नै पनि पर्याप्त छैन। तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न सकिए पनि नेपालका हिमाली क्षेत्रमा त्यसको प्रभाव १.८ डिग्री सेल्सियसले बढेको जस्तो पर्ने अधिकारीहरूले चेतावनी दिएका छन्।
इसिमोड र यूएनडीपीको 'न्यू ग्लेशियल लेक इन्भेन्टरी रिपोर्ट'ले नेपालको कोशी, गण्डकी र कर्णाली नदी बेसिनका ४७ सम्भावित खतरनाक हिमतालहरू पहिचान गरेको छ। पृथ्वीको तापक्रम बढ्दै जाँदा हिमतालहरु पग्लिनक्रममा वृद्धि भएको छ र यसले प्रमुख नदी बेसिनहरूमा नदी प्रवाहलाई असर गरिरहेको छ। यी परिवर्तनहरूले नयाँ हिमतालहरूको निर्माणका साथै भएका हिमतालहरूको विस्तार भइरहेको छ।
उच्च जोखिममा रहेका ४७ मध्ये ४२ वटा कोशी बेसिन भित्र छन्, जसले यसलाई सबैभन्दा जोखिममा रहेको नदी बेसिनको रुपमा पहिचान गरिएको छ। त्यसैगरी गण्डकी र कर्णाली बेसिनमा क्रमशः तीन र दुई हिमतालहरु जोखिममा रहेको देखाइएको छ। नेपालमा साना-ठूला गरी दुई हजारभन्दा बढी हिमतालहरु रहेका छन्।
यो वर्ष साउनमा मुस्ताङको कागबेनीमा काग खोलामा आएको बाढीले विध्वंस मच्चायो। दुई वर्षअगाडि मेलम्चीमा ठूलै बाढी आयो। जलवायु परिवर्तनमा योगदान नगर्ने तर परिणाम भोग्ने नेपालजस्ता देशहरूलाई विश्वसमुदायले 'लस एण्ड ड्यामेज फन्ड' प्राप्तीको पहलमा पनि महासचिव गुटेरेसको भ्रमण सहयोगी बन्ने भएको छ।
उनले संघीय संसद्लाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपाललाई परेको असरलाई अन्तर्राष्ट्रियकरण गरिदिएर जलवायुका क्षेत्रमा काम गर्नै अभियान्ताहरु र सरकारवालाई झकझकाई दिएका छन्। गुटेरेसले जलवायु परिवर्तनले कसरी हिमाल र हिमनदीलाई पगालिरहेको छ भनेर विश्वले बुझ्ने शैलीमा नेपालको आवाजसमेत उठाए। नेपालले जलवायु परिवर्तनका घातक असरहरू बेहोरिरहेको भन्दै संसारलाई नेपालको मद्दत गर्न आह्वान गरे।
"गत ३० वर्षमा नेपाल (हिमाली क्षेत्र)ले एक तिहाइ बरफ गुमाइसक्यो। हिमनदी पग्लनु भनेको हिमताल विस्तार हुनु अनि विनाशकारी बाढी आउनु पनि हो। गत एक दशकमा नेपालका हिमनदीहरू अघिल्लो दशकको तुलनामा ६५% बढी गतिमा पग्लिएका छन्,'उनले तापक्रम वृद्धि रोक्न संसारलाई अपिल गरे।
नत्र दोस्रो चरणमा हिमालयका हिमनदी खुम्चिएमा नदीमा जलप्रवाह कम हुने र तिनमा आश्रित १ अर्बभन्दा धेरै मानिस जोखिममा पर्ने उनले चेतावनी दिए। नेपालमा जलवायुजन्य विपद् र त्यसको अन्तर्राष्ट्रिय आयामबारे यो तहको आवाज र वकालत महासचिव गुटेरेसबाट होला भन्ने पूर्वानुमान नभए पनि उनले नेपाल जलवायुको चपेटामा परेको कुरालाई विश्वले सुन्ने गरी भनिदिएका छन्।