महासचिव गुटेरसलाई लुम्बिनीमा स्वागत


साथसाथै न्युज
१४, कात्तिक २०८०
महासचिव गुटेरसलाई लुम्बिनीमा स्वागत
लुम्बिनी -  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गरेका छन्। 

हेलिकप्टरबाट आएका उनी शान्तिदीपबाट पैदल मायादेवी मन्दिर पुगेर दर्शन गर्ने कार्यक्रम छ।

पूर्वनिर्धारित समयभन्दा २ घन्टा ढिलो गरी यहाँ आइपुगेका हुन्। तीन दिने औपचारिक नेपाल भ्रमणमा आएका गुटेरेस आजै अन्नपूर्ण बेसक्याम्प हुँदै पोखराबाट लुम्बिनी आएका हुन्।

प्रधानमन्त्री प्रचण्डसहित लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटन मन्त्री सुदन किराँती, राज्यमन्त्री सुशीला श्रीपाइली, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारकल लामासहितको टीमले गुटेरेसलाई लुम्बिनीमा स्वागत गरेका छन्।

यससँगै यहाँ रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरुले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरेका छन्। गुटेरेसलाई मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षणपछि मायादेवी मन्दिर र अशोक स्तम्भ परिसरकै पिपलको रुखमुनि स्वागत गरिएको छ।

महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

 

सम्बन्धित समाचार

  • हिमालमा दोब्बर वर्षा, तराईमा खडेरीको संकेत: सरदर मनसुनले देखायो नेपालको बदलिँदो वर्षा चक्र

    काठमाडौं | यस वर्ष नेपालमा मनसुन अवधिको समग्र वर्षा सरदरको हाराहारीमा रह्यो। तर देशभर वर्षाको

  • आन्तरिक तयारी कमजोर हुँदा नेपालको जलवायु न्यायको दाबी कमजोर

    काठमाडौं:नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु वित्त, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायुजन्य क्षति र नोक्सानीबापतको क्षतिपूर्तिको माग गर्दै

  • जलवायु संकट सामना गर्न नेपाल–भारत–चीनबीच त्रिपक्षीय संयन्त्र बनाउन भारतीय प्राध्यापकको प्रस्ताव

    काठमाडौं भारतीय प्राध्यापक अनिलकुमार महापात्राले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीच

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend