काठमाडौं- चार दिने नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा जलवायु संकटको भयावह असर देखिएको बताएका छन्।
नेपाल भ्रमणको दोस्रो दिन सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत सोलुखुम्बुको स्याङ्बोचे पुगेका महासचिव गुटेरेसले हिमालयमा जलवायु संकटले भयावस असर देखिएको बताउका हुन्।
उनले ट्विटरमार्फत भनेका छन्, 'आज सगरमाथाको आधारबाट मैले हिमालयमा जलवायु संकटको भयानक प्रभाव देखेको छु।'
उनले तापक्रम बढ्दै जाँदा हिमताल पग्लिने जोखिम पनि बढेको बताएका छन्। उनले थप भनेका छन्, 'तापक्रम बढ्दै जाँदा, ग्लेशियर पग्लने क्रम बढ्दै जान्छ - सम्पूर्ण समुदायको जीवन र जीविकोपार्जनलाई खतरामा पार्छ।'