जलवायु परिवर्तनको असर बुझ्‍न राष्ट्रसंघका महासचिव गुटेरेस नेपालमा


साथसाथै न्युज
१२, कात्तिक २०८०
 जलवायु परिवर्तनको असर बुझ्‍न राष्ट्रसंघका महासचिव गुटेरेस नेपालमा

काठमाडौं- संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले चार दिने भ्रमणका लागि नेपालमा रहेका छन्। आइतबार बिहान १ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका हुन्।

जलवायु परिवर्तन र हिमालयले भोगिराखेको समस्या तथा दिगो विकासका लक्ष्यलगायत विषयमा केन्द्रित भएर उनको नेपाल भ्रमण भएको हो। आइतबार परराष्ट्रमन्‍त्री एनपी साउद, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, बाबुराम भट्टराई, झलनाथ खनाललगायतसँग भेट गरेका छन्। 

उक्त भेटमा नेपालमा जलवायु परिवर्तन र यसको असरलगायतका विषयमा छलफल भएको बताइएको छ। महासचिव गुटेरस जलवायु परिवर्तनको असरलाई बुझ्न सोलुखुम्बुको स्याङ्बोचेसम्म अवलोकन गर्न पुग्‍ने कार्यक्रम छ।

नेपालले महासचिव गुटेरेसमार्फत सबैभन्दा महत्त्वपूर्ण रूपमा जलवायु परिवर्तनको असर नेपालजस्ता मुलुकमा कसरी परिरहेको छ भन्ने सन्देश संसारभर दिन चाहेको छ। नेपालमा विश्वकै सर्वोच्च शिखर सगरमाथा छ। पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पग्लने क्रम बढ्दो छ, जसले गर्दा पर्यावरणमा असर परिरहेको छ। 

आगामी नोभेम्बर अन्तिम साता यूएईमा हुन लागेको कोप-२८ को पूर्वसन्ध्यामा महासचिव गुटेरेसले सोलुखुम्बुको स्याङ्बोचे र अन्नपूर्ण सर्किट अवलोकन गरेर जलवायु परिवर्तनले पारेको असरलाई संसारभर सन्देश प्रवाह गर्न लागेका हुन्।

महासभामा भाग लिन पुगेका प्रधानमन्त्री दाहालले यूएनको मुख्यालयमा भएको ‘क्लाइमेट एम्बिसन समिट’ लाई पनि सम्बोधन गरेका थिए। त्यस क्रममा अति कम विकसित मुलुक (एडीसी) का अध्यक्ष तथा नेपालका प्रधानमन्त्रीका हैसियतमा प्रधानमन्त्री प्रचण्डले नेपालको राष्ट्रिय लक्ष्य सन् २०४५ सम्ममा ‘नेट–जिरो’ (शून्य कार्बन उत्सर्जन) मा पुग्ने बताएका थिए। 

नेपालले पेरिस सम्झौतालाई पालना गर्न प्रतिबद्ध रहेको उनले जनाएका थिए। पेरिस सम्झौताको मुख्य उद्देश्य पृथ्वीमा बढ्दो तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिने हो। त्यसका लागि सदस्य मुलुकहरूले कार्बन उत्सर्जनलाई हटाउँदै जानेछ। एलडीसीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले एलडीसीले जलवायु परिवर्तनको असर भोगिरहेको उल्लेख गरेका थिए। उनले एलडीसी मुलुकहरूले ३.३ प्रतिशत मात्र कार्बन उत्सर्जन गरेको बताउँदै एलडीसी मुलुकहरूलाई जलवायु परिवर्तनको सामना गर्न ५ कुरा गर्नुपर्ने प्रस्ताव पनि राखेका थिए।

 

सम्बन्धित समाचार

  • हिमालमा दोब्बर वर्षा, तराईमा खडेरीको संकेत: सरदर मनसुनले देखायो नेपालको बदलिँदो वर्षा चक्र

    काठमाडौं | यस वर्ष नेपालमा मनसुन अवधिको समग्र वर्षा सरदरको हाराहारीमा रह्यो। तर देशभर वर्षाको

  • आन्तरिक तयारी कमजोर हुँदा नेपालको जलवायु न्यायको दाबी कमजोर

    काठमाडौं:नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु वित्त, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायुजन्य क्षति र नोक्सानीबापतको क्षतिपूर्तिको माग गर्दै

  • जलवायु संकट सामना गर्न नेपाल–भारत–चीनबीच त्रिपक्षीय संयन्त्र बनाउन भारतीय प्राध्यापकको प्रस्ताव

    काठमाडौं भारतीय प्राध्यापक अनिलकुमार महापात्राले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीच

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend